पशुपतिमा कार्यकारी निर्देशकको नियुक्तिको कागजातहरु माग
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएको कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु ३ दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ ।
समितिको बिहीवार बसेको बैठकले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु ३ दिनभित्र बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो ।
केही दिनअघि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्ति गरिएको थियो । सो नियुक्ति प्रक्रिया र सम्बन्धित व्यक्तिको योग्यतामाथि सांसदहरुले प्रश्न उठाएसँगै समितिले नियुक्ति सम्बन्धी प्रमाणित कागजात मगाएको हो । बैठकले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिलाई उपलब्ध गराउन पनि भनेको छ ।
समितिले पशुपतिमा बिग्रिको शवदाह मेसिन यथाशिघ्र सञ्चालनमा आउनेगरी तयार गर्न र आवश्यकताअनुसार थप गर्नेगरी अगाडी बढ्न पनि निर्देशन दिएको छ । बैठकले पशुपतिनाथ मन्दिरको स्थलगत अनुगमन गर्ने र त्यतिबेला पशुपति विकास कोषसँग सम्बन्धित विषयमा जानकारी पनि निर्णय गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १जेन–जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तरर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौंः गृहमन्त्री अर्याल
- २केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
- ३राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
- ४केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
- ५पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित



तपाईको कमेन्ट लेख्नुहोस्