Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

प्रदेशका मुख्यमन्त्री, मन्त्री काम विहिन, प्रधानमन्त्री प्रचण्डलाई कार्यक्रम उद्घाटनमा भ्याईनभ्याई !


काठमाडौं । देश संघीयतामा गएपनि प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई प्रदेश र जिल्लाका कार्यक्रम उद्घाटन गर्न भ्याईनभ्याई छ । प्रदेशमा मुख्यमन्त्री, मन्त्रीदेखि स्थानीय सरकारका प्रमुख पनि छन् । दलका पनि सभापतिदेखि अध्यक्षसम्म छन् । तर, सामान्य कार्यक्रम उद्घाटन र भाषण गर्न आखिर काठमाडौंबाटै हवाई यात्रा गर्दै प्रदेश र जिल्ला किन पुग्छन् त नेताहरु ?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठोस कार्ययोजना बनाएर अघि बढ्नुको साटो सस्तो लोकप्रियतामा रमाईरहेका छन् ।

आम नागरिकको समस्या बोल्ने, विकास निर्माणका योजना बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्ड मेला महोत्सव उद्घाटन, भवन शिलन्यास, कार्यकर्ता भेला जस्ता झिना मसिना काममा अल्झिएका छन् । पार्टीका गतिविधिमा मात्रै होइन प्रचण्डले सार्वजनिक समारोहमा पनि घण्टौं बिताउने गर्छन । सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्रीलाई देशको चिन्ता भन्दा रिवन काट्न र उद्घाटन गर्ने बढी मोह छ । देश संघियतामा गएसंगै सात प्रदेशमा सरकार छन् । सात प्रदेशमा सात मुख्यमन्त्री र दर्जनौ मन्त्री छन् । तर, पनि सातै प्रदेशमा उद्घाटन, भेला र सामान्य कार्यक्रममा प्रचण्ड आफै दौडधुप गरिरहेका छन् । प्रदेशका मुख्यमन्त्रीले काम पाएका छैनन् ।

केन्द्रका प्रधानमन्त्री पनि प्रदेशकै मेला महोत्सवमा अल्मलिएका छन् । प्रदेशमा पनि उनलाई केन्द्रकै नेता कार्यकर्ता गएर फुलमाला लगाईदिनुपर्छ । सत्ता हाँकेका प्रधानमन्त्री मेला महोत्सवमा नभई समग्र देशको विकासमा जुट्नुपर्ने हो । तर, त्यसको हुन सकेको छैन् । प्रधानमन्त्री प्रचण्ड २०८० मंसीर २२ गते सुदुरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढीको कैलालीसम्म पुगे । महोत्सवमा शुभकामना दिन मात्रै प्रधानमन्त्री सुदुरपश्चिम पुग्छन् । सोही दिन तीन महिने “जनतासँग माओवादीः विशेष रूपान्तरण अभियानका क्रममा कैलालीको धनगढी उपमहानगरपादिका वडा नं. १६ मा आयोजित कार्यक्रममा पनि सहभागी हुन पुगे ।

त्यस्तै मंसिर २१ गते, जरंखु, तारकेश्वरमा पुगेर कार्यकर्ता भेलामा सहाभागी हुन पुगे । मंसिर २० गते बिजनेस समिट कार्यक्रममा सहभागी भए । २० गते नै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्न ललितपुर स्थित खुमालटार पुगे । मंसीर १९ गते माओवादी केन्द्र मधेश प्रदेश कमिटी आयोजित जनतासंग माओवादी विशेष रुपान्तरण अभियान मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी भए ।

११ गते छैठौं सामाजिक सुरक्षा दिवसको उद्घाटन गर्न राष्ट्रिय सभागृह पुगे । मंसीर ५ गते मानव सेवा आश्रमको उद्घाटन, मंसीर ३ गते रुकुम पुर्वको मैकोटको कार्यक्रममा सहाभागी, मंसिर २ गते सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजित शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तोलन कार्यक्रममा सहभागी, मंसिर १ आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताल समुद्घाटन कार्यक्रम आँबुखैरेनी, तनहुँमा रिवन काट्न पुगे ।

नेपाल संवतका दिन त अझ प्रधानमन्त्री प्रचण्डले उपत्यकाका तीनै जिल्लाका कार्यक्रममा सहभागि भएका थिए । सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री नै मेला महोत्सव जस्ता कार्यक्रममा सक्रिय सहभागि हुनुले आलोचना पनि भइरहेको छ । मेला महोत्सव प्रदेशका मुख्यमन्त्री, मन्त्रीलाई दिन छोडेर प्रधानमन्त्री आफै दौडधुप गर्नु सस्तो लोकप्रीयता मात्रै भएको विश्लेषकहरु बताउँछन् ।

दलिय स्वार्थका कारण स्थानिय मुख्यमन्त्रीलाई नटेर्ने मात्रै होइन दलका शिर्ष नेताहरुको हालत पनि यहि हो । वडा गाउँ कमिटीका बैठक र कार्यक्रममा समेत केन्द्रबाट भाषण गर्न र माला लगाउन पुग्ने गर्छन् । देश विकासका लागि र आइपर्ने समस्यलाई समाधान गर्न न त प्रधानमन्त्री न त दलका नेता कोही पनि सक्रिय भएको देखिदैन । पारदर्शी र शुसासनका ठूला गफ दिने नेताहरुले ब्यबहारमा भने कहिल्यै लागू गरेको देखिदैन ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं