रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
रुकुमपश्चिम । जिल्लाको चौरजहारी नगरपालिका ८ गैरीजिउलामा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका छन् । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका–८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ ।
सोमबार बिहान रुकुम चौरजहारीबाट सदरमुकाम खलंगा आउँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको छ भने ८ जनाको अवस्था मध्यम र १० जनाको अवस्था सामान्य रहेको छ ।
घाइतेहरूको मिसन हस्पिटल चौरजहारीमा उपचार भइरहेको छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गैरीजिउलामा, #जिल्लाको चौरजहारी
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्