टिकटक बन्द गराउने निर्णयमा प्रचण्ड, देउवा र केपी ओलीकै साथ,यस्तो थियो सर्वदलीय सहमति !
काठमाडौं । सरकारले सोमबार टिकटक बन्द गराउने निर्णय गरेपछि नागरिक पक्ष विपक्षमा उभिएका छन् । कोहीले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको प्रति धन्यवाद दिइरहेका छन् भने कतिपयले यसको चर्को बिरोध गरिरहेका छन् । केही सकरात्मक सन्देश र सीप, कला कौशल समेत बाहिर ल्याउन मद्धत पुगेको आवाज पनि उठिरहेको छ ।
सरकारले गत साता सर्वदलीय बैठकबाटै टिकटक बन्द गर्ने र सामाजिक सञ्जाललाई नियमन गर्ने सहमति भएको खुलेको छ । सोही निर्णयलाई सोमबारको मन्त्रीपरिषदको बैठकले पारित गरी सूचना तथा सञ्चारमन्त्रालयलाई कार्यान्वयनका लागि जिम्मा दिएको हो । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै यसको पक्ष विपक्षमा मानिसहरुको बहस चलिरहेको छ । कोही टिकटक बन्द नै गराउनु सही भएको भन्दै सरकारलाई धन्यवाद दिइरहेका छन् । अर्को तर्फ अभिब्यक्ती स्वतन्त्रतालाई बन्देज गर्ने गरी सरकारले टिकटकमाथि नै प्रतिबन्द लगाइरहेको बताइरहेका छन् ।
राजनीतिक बृत्त पनि टिकटक बन्दको निर्णयले तातिएको छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर उल्टो कदम हिँडेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले सरकार उल्टो हिँडेको र यो कदम गलत भएको उल्लेख गरेका छन् । एमालेका महासचिव शंकर पोखरेलले कुनै एउटा मात्र सामाजिक सञ्जाल प्लेटफार्मलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताए । सामाजिक सञ्जाल फेसबुकमा उनले ‘नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको जिकिर गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध गलत भएको बताएका छन् । प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्नेहरुबाट टिकटक बन्द हुनु अनसचित हुने भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘यो निर्णय निरंकुशताको बाटो हो ।’
सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले आपत्ति जनाए । उनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत टिप्पणी गर्दै सामाजिक संजाललाई बन्द नगरेर नियमन गर्नुपर्नेमा जोड दिए । लामिछानले समस्या प्लेटफर्मको नभई सामग्रमिा रहेको, अराजकता माध्यमको नभएर अभिव्यक्तिमा रहेको बताए । उनले टिकटकका कैयौं उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिने बताए ।
टिकटक बन्द गराउने निर्णयले राजनीति मात्रै होइन सर्वसाधारणहरुले पनि सामाजिक सञ्जालमा स्वागत र बिरोध गरिरहेका छन् । सरकारले गरेको निर्णयले टिकटक प्रयोगकर्ता भने निरास भएका छन् । कतिपय टिकटकरले भने महिनामै लाखौं रकम आम्दानी गर्दै आएका थिए । समाजमा भड्किलो र अश्लिलता टिकटकबाट आएको र सामाजिक सद्भाव खल्बल्याई रहेको जिकिर सरकारको छ ।
सर्वदलीय बैठकमै टिकटक बन्द गर्ने सहमति भएको खानेपानी तथा सरसफाई मन्त्री महेन्द्रराय यादवले बताए । उनले सबै दल मिलेर सामाजिक विकृति हटाउने निर्णय गरेको जिकिर गरे । सर्वसाधारणले टिकटक बन्द भएकोमा खुशी ब्यक्त गर्दा केही दलका नेताहरुले मात्रै टिकटक बन्द गरेकोमा विरोध जनाइरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #टिकटक बन्द, #टिकटक बन्द गराउने निर्णय, #प्रचण्डले सर्वदलीय बैठक, #सर्वदलीय सहमति !
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्