गाजामा इजरायलको आक्रमणः मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो
काठमाडौं । कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलले थालेको कारबाहीमा मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको छ।
गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।
इजरायली सेनाले गरेको भीषण बमबारीमा आइतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टिनीको मृत्यु भएको उनले जानकारी दिए । गाजामा मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण हुन् ।
यता अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्