Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

‘भेप’मा सुन तस्करीमा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै


काठमाडौं । सरकारी वकिलको कार्यालयले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन अनुसार आज अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।

प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो सीआइबीमै फिर्ता पठाएको अनुसन्धान प्रतिवेदन थप बयान लिएर हिजो आएकाले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ।

गत शुक्रबार सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन निर्देशनसहित फिर्ता गरेको थियो। राहुल महरासहितका प्रतिवादीलाई थप बयान गराउन निर्देशन गरेको र थप बयान लिएर पुन प्रतिवेदन हिजो फिर्ता आएको बताइएको छ।

सीआईबीले पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल महरासहित चार जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएर अनुसन्धान प्रतिवेदन बुझाएको छ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं