जुम्ला एमाले उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारको जाहेरी
काठमाडौं । नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध बालयौन दुर्व्यवहारको आरोपमा जाहेरी परेको छ। १७ वर्षीया एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा नेता शाहीविरूद्व जाहेरी दर्ता भएको हो ।
उनमाथि बालबालिका विरुद्धको कसुर गरेको भन्दै हिजो जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता भएको छ। नेता शाहीले तातोपानीकी एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको, फकाएको र प्रलोभनमा पार्ने गरी फोन गरेको अडियो सार्वजनिक भएको थियो।
पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए।
नेता शाहीले किशोरीलाई प्रवेश परीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफै बेहोरिदिने र बदलामा संवेदनशील अंगको फोटो पठाउनुपर्ने र यौनसम्बन्ध राख्न दिनुपर्ने प्रस्ताव गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमाले जुम्लाका उपाध्यक्ष, #सुरतबहादुर शाही
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्