जुम्ला एमाले उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारको जाहेरी
काठमाडौं । नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध बालयौन दुर्व्यवहारको आरोपमा जाहेरी परेको छ। १७ वर्षीया एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा नेता शाहीविरूद्व जाहेरी दर्ता भएको हो ।
उनमाथि बालबालिका विरुद्धको कसुर गरेको भन्दै हिजो जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता भएको छ। नेता शाहीले तातोपानीकी एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको, फकाएको र प्रलोभनमा पार्ने गरी फोन गरेको अडियो सार्वजनिक भएको थियो।
पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए।
नेता शाहीले किशोरीलाई प्रवेश परीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफै बेहोरिदिने र बदलामा संवेदनशील अंगको फोटो पठाउनुपर्ने र यौनसम्बन्ध राख्न दिनुपर्ने प्रस्ताव गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमाले जुम्लाका उपाध्यक्ष, #सुरतबहादुर शाही
ताजा खबर
- १राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय
- २टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर पहिलोपटक राष्ट्रिय टोलीमा
- ३जनकपुरमा निधिका समर्थकले जलाए महामन्त्री थापाको पुत्ला
- ४रास्वपा उपसभापतिमा सहमति गरेका कुलमानको दाबीः म कुनै पार्टी सदस्य छैन
- ५विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता मनिष झाले गरे निन्दा



तपाईको कमेन्ट लेख्नुहोस्