अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक बर्षमै २० हजार बढी उजुरी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/८० मा १८ हजारभन्दा बढी उजुरीहरुको फास्र्यौट गरेको छ । सोमबार आयोगमा पत्रकार सम्मेलनमा आयोगले गत आर्थिक वर्ष २०७९/८० मा १८ हजार ७९९ वटा उजुरीको क्रिनिङ र प्रारम्भिक छानबिनबाट फस्र्यौट भएको जनाएको हो ।
आयोगले आफ्नो तेत्तिसौँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । सो प्रतिवेदनका अनुसार आयोगमा आर्थिक वर्ष २०७९/८० मा २० हजार ९०५ उजुरीहरु प्राप्त भएका थिए । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट ७ हजार १६२ उजुरीहरु जिम्मेवारी सरेर आएका थिए । कारबाही गर्नुपर्ने कुल उजुरीहरु २८ हजार ६७ वटा रहेकोमा त्यसैमध्येबाट १८ हजार ७९९ वटा उजुरीको फस्र्यौट भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । १ हजार १३३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको छ ।
त्यस्तै ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानूनबमोजिम अन्य कारबाहीका लागि लेखि पठाइएको उनले जानकारी दिए । प्रारम्भिक छानविनको क्रममा रहेका ९ हजार २६८ उजुरी आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएको उनले बताए ।
आयोगले आर्थिक वर्ष २०७९/८० मा विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेश भएका कुल ८७८ उजुरीहरु उपर आयोगबाट ९३७ वटा निर्णय भएकोमा १६२ वटा आरोपपत्र दायर गरेको छ । त्यस्तै ६५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा संवद्ध निकायहरुलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको जनाइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्