हाजिरी जमानीमा अभिनेता अनमोल केसी रिहा
काठमाडौं । विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार बेलुकी हाजिरी जमानीमा रिहा गरेको हो ।
आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार अनमोललाई रिहा गरिएको बताइएको छ ।
गत शुक्रबार रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले किटानी जाहेरी दिएपछि अनमोल पक्राउ परेका थिए । केसीले फिल्म खेल्छु भनेर १० लाख रुपैयाँ लिएको निर्माण पक्षले जनाएको छ । तर, उनले फिल्म खेल्न नमानेका निर्माण पक्षले जिकिर गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्