भारतको मणिपुर फेरि अशान्त, कर्फ्यु लागू
काठमाडौं । भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ ।
आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी चलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार खोसेको मणिपुर प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणका लागि कोम्बिङ अप्रेसन सुरु गर्न लागिएको पनि प्रहरीले जनाएको छ ।
स्थिति थप भड्किन नदिन इम्फालमा कर्फ्यु लगाइएको छ । यसअघि गत मे महिनामा मणिपुरमा जातीय हिंसा भड्किएपछि कर्फ्यु लगाइएको थियो । तर, तनाव मत्थर हुँदै गएपछि कर्फ्यु खुकुलो पारिएको थियो ।
बुधबार रातिदेखि पुनः पूर्णरुपमा कर्फ्यु लगाइएको भारतीय मिडियाहरुले जनाएका छन् । गत मे महिनामा मैतेई र कुकी समुदायबीच झडपले मणिपुुरमा हिंसाको रुप लिँदा ५२ जनाको मृत्यु भएको थियो ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #पुनः हिंसा, #मणिपुर राज्य
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्