सुरक्षाको कारण देखाउदै पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सार्न आदेश
पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक जेलबाट रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ । ७० वर्षीय इमरान खानलाई तोशखाना भ्रष्टाचार मुद्दामा अगस्ट ५ देखि अटक जेलमा राखिएको थियो । अहिले उनलाई उच्च अदालतका मुख्य न्यायाधीशले खानलाई अटक जेलबाट रावलपिंडीको अदियाला जेलमा सार्न निर्देशन दिएका हुन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ । खान यसभन्दा अगाडि पञ्जाब प्रान्तको अटक जेलमा जेलजिवन बिताईरहेका थिए । इमरान खान पाकिस्तानका एक राजनीतिज्ञ एवं पूर्वक्रिकेटर हुन् । उनलाई विश्वको सबैभन्दा प्रभावशाली मुस्लिमहरूको सूचीमा समेत राखिएको थियो ।
पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीतिक नेता खान गतवर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन् । पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीतिक नेता खान गतवर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन् । अहिले उनलाई पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक जेलबाट रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ ।
तेहरिक ए इस्लाम पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीलाई उच्च सुरक्षा मानिएको अदियाला जेलमा राख्न इस्लामावाद उच्च अदालतमा याचिका दायर गरिएको थियो । उच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई अटक जेलबाट रावलपिंडीको अदियाला जेलमा सार्न निर्देशन दिएका हुन् ।
७० वर्षीय इमरान खानलाई तोशखाना भ्रष्टाचार मुद्दामा अगस्ट ५ देखि अटक जेलमा राखिएको थियो । इस्लामावाद उच्च अदालतले उनको सजाय निलम्बन गरेपनि गोप्य कागजात चुहावटको मुद्दामा उनलाई अटक जेलमा राखिएको थियो । इस्लामावाद अदालतले पूर्वप्रधानमन्त्रीलाई तीन वर्षको जेल सजाय सुनाएको छ र अधिकारीहरूलाई अडियाला जेलमा राख्न आदेश पनि दिएको छ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्