किन कुटिदैछन् चिकित्सक ? कहाँ हुँदैछ कमजोरी ?

काठमाडौं । पछिल्लो समय चिकित्सकहरुमाथि आक्रमण र कुटपिटका घटनाहरु बढ्दै जान थालेका छन् । यस महिनामा मात्रै पोखरा, लमजुङ, हटौँडालगाएतका जिल्लाहरुका चिकित्सकहरुमाथि आक्रमणका घटना भएका छन् । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
केही समय यता उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि आक्रमण र कुटपिटका घटनाहरु बढ्दै जान थालेका छन् । चिकित्सकमाथि आक्रमण भएपछि देशभरका अस्पतालहरुको सेवा प्रभावित हुन थालेको छ । चिकित्सकहरुमाथि आक्रमण र कुटपिटका घटना बढेपछि नेपाल चिकित्सक संघले सरकारसँग सुरक्षा माग गर्दे आएको छ ।
यता बुधवार भएको नेपाल संघको बोर्ड बैठकले आन्दोलनबारे आवश्यक निर्णय लिने भनेपनि ठोस निर्णय गर्न भने सकेन । चिकित्सकहरुमाथि बारम्बार आक्रमण भइरहेको भन्दै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनको विश्वसनीय आधार दिनुपर्ने नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिलविक्रम कार्की बताउँछन् ।
स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि आक्रमण र दुव्र्यवहारका घटना घटिरहँदा उपचाररत बिरामिमा पनि यसको प्रत्यक्ष असर पर्ने गरेको छ । सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण बढ्दै जान थालेपछि विक्रम सम्बत् २०६६ सालमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन’ लागू गरेको थियो । तर त्यस यता पनि यस्ता घटना न्युनिकरण भने हुन सकेको छैन ।
बनाईएका निति नियम कार्यन्वयनमा हुनुको सट्टा अझै फितलो बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाउँदै आईरहेका छन् । आन्दोलनरत चिकित्सकहरु भने दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बन्न नहुने भन्दै बताउँदै आउने गरेका छन् ।
बुधबार बसेको बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्ने निर्णय गरेको गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कुटिदैछन् चिकित्सक
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्