Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

कीर्तिमानी जितपछि नेपाली टोलीलाई ओली–गगनको शुभकामना सन्देश, जितको खुसीमा सारा नेपाली मन्त्रमुग्ध


काठमाडौं । १९ औं एसीयन गेम्समा नेपाली क्रिकेट टोलीले मंगोलियामाथि सानदार जित दर्ता गरेपछि नेपाली क्रिकेट समर्थकमाझ खुसीयाली छाएको छ । देश–विदेशमा रहेका क्रिकेट समर्थकले नेपाली टोलीलाई बधाई दिइरहेका छन् । नेपाली राजनितीज्ञले समेत कीर्तिमानी जित दर्ता गर्ने खेलाडीलाई बधाई दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापासहितका नेताहरुले बधाई दिएका छन् । बुधबार सिंगो नेपाल क्रिकेटमय बन्यो । कारण हो, चीनमा जारी एसीयन गेम्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगोलीयामाथि निकालेको ऐतिहासिक रेकर्डधारी जित ।

क्रिकेटमा संर्घर्ष गरिरहेको नेपालले बुधबार मंगोलीयालाई २ सय ७३ रनले पराजित गर्दै ८ विश्व रेकर्ड कायम गरेपछि यतिबेला विश्वको ध्यान नेपाली क्रिकेटमा परेको छ । विश्वभरबाट नेपाली टोली र खेलाडीलाई बधाईको ओइरो आइरहँदा नेपालका चर्चित राजनीतिज्ञले समेत खेलाडीको प्रशंशा गरेका छन् । जसमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगन थापाले समाजिक संजाल फेसबुकमा स्टाटस राख्दै नेपाली टोली र खेलाडीलाई बधाई दिएका छन् ।

एमाले अध्यक्ष ओलीले रेकर्डधारी दिनेन्द्रसिंह एैरी र कुशल मल्लको तस्बिर साभार गर्दै लेखेका छन्, कुशल र दीपेन्द्रको विश्वकीर्तिमान, सर्वाधिक छिटो शतक र अर्धसतक, यो सँगै नेपालको ३१४ रनको सर्वाधिक रनको कीर्तिमानको लागि बधाई । त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सामाजिक संजाल फेसबुकमै लेखेका छन्, कीर्तिमानी सफलताका लागि बधाई, एसीयन गेम्स २०२३ को आफ्नो पहिलो खेलमा मङ्गोलिया माथि २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेकोमा राष्ट्रिय क्रिकेट टिमलाई बधाई ।

आज नेपालले धेरै अन्तर्राष्ट्रिय कीर्तिमान बनायो । कुशलको ३४ बलमा सर्वाधिक छिटो शतक, दिपेन्द्रको ९ बलमा अर्ध शतक, जितको अन्तर, टिम टोटल, छक्का सङ्ख्या लगायतमा बनेका कीर्तिमानहरू साँच्चै नै विशेष छन् । यस प्रतियोगिताका बाँकी खेलहरूमा सुखद नतिजाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना ।

क्रिकेट सफलताका बेला सामाजिक संजालमा बधाई दिन होडबाजी गर्ने नेताहरुले खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनतर्फ समेत ध्यान दिन आवश्यक देखिन्छ । खेलाडीलाई आर्थिक रुपमा बलियो र क्रिकेटका लागि भौतिक संरचना बनाउनमा नेताज्यूले ध्यान दिए नेपाली क्रिकेट एक स्थान माथि पुग्नेछ । तर अन्तर्राष्ट्रिय स्तरको पर्याप्त रंगशाला नहँदा नेपालले ठुला टोलीसंग स्वदेशमै खेल्नबाट बञ्चित हुनुपरेको छ ।


क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाली क्रिकेट टोली

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं