नेपालको एक सपना पुरा, यस्तो रह्यो नेपालको एसीया कप यात्रा, नेपाली खेलाडीको विश्वभरी चर्चा

काठमाडौं । श्रीलंका र पाकिस्तानको आयोजनामा जारी १६ औ संस्करणको एसीया कप प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । सोमबार भएको खेलमा नेपाल भारतसँग १० किकेटले पराजित हँुदै बाहिरिएको हो । प्रतियोगिताबाट बाहिरिएको नेपालको यतिबेला विश्वभरी चर्चा भइरहेको छ । विश्व क्रिकेटका महाशक्ति राष्ट्रसँग पहिलोपटक खेलेको नेपाली टोलीले सहजै हार मानेन् । नेपाललाई पराजित गर्न भारत र पाकिस्तान अन्तिम समयसम्म मैदानमा लडिरहे । जुन नेपाली क्रिकेटको ठुलो उपलब्धीका रुपमा लिइएको छ ।
श्रीलंका र पाकिस्तानको संयूक्त आयोजनामा जारी १६ औँ संस्करणको एसीया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको नेपाली टोलीको यतिबेला चौतर्फी प्रशंशा भइरहेको छ । विश्व क्रिकेटका महाशक्ति राष्ट्र भारत र पाकिस्तानसँग हार ब्यहोर्दै प्रतियोगिताबाट बारिरिएको नेपाल हारेर समेत जितेको छ । क्रिकेट इतिहासमा पहिलोपटक एकदीवसीय फम्र्याटको विश्व नम्बर १ टोली पाकिस्तनसँग नेपाल २ सय ३८ रनले पराजित भयो भने विश्व नम्बर ३ राष्ट्र भारतसँग १० विकेटले पराजित भयो । तर नतिजा भन्दा पनि नेपाली खेलाडीले मैदानमा गरेको प्रदर्शन र विश्व स्टार खेलाडीलाई बल र ब्याटिङका माध्यमबाट दबाबमा राख्नु नै ठुलो सफलता रह्यो ।
एसीया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग केहि नर्भस देखिएको थियो । तर भारतविरुद्धको खेलमा भने नेपाल पूर्ण आत्मविश्वासका साथ लडिदियो । नेपालका लागि एसीया कपमा भारत र पाकिस्तानसंग खेल्नु पाउनु नै ठुलो सफलता हो । तर नेपालले भारत र पाकिस्तानसंगको खेलमा अब्बल खेल खेल्न सकिन्छ भन्ने प्रमाणीत गरिदियो । भारत र पाकिस्तानसंगको हारपछि नेपाली खेलाडीले डे«सिङ रुपमा ठुला खेलाडीसँग साक्षत्कार गर्ने मौका पाए ।
मुख्य प्रशिक्षक मोन्टी देशाईले ह्याप्पी ड्रेसिङ रुमलाई कहिले कमी हुन दिएनन् । भारतसंगको हारपछि त मोन्टीले भारतीय स्टार खेलाडीलाई बोलाएर नेपाली खेलाडीलाई हौसला प्रदान गर्ने प्रबन्ध मिलाए । विश्व क्रिकेटका किङका नामले परिचित ब्याटर विराट कोहलीले नेपाली खेलाडीलाई हार्दिकताका साथ अुनभव सुनाए । प्रशिक्षक मोन्टीले कोहली, हार्दिक पाण्डे र भारतीय प्रशिक्षकलाई मेडल थमाउदै नेपाली खेलाडीलाई हौसला प्रदान गर्न लगाए । जुन दृश्यले नेपाली समर्थक मन्त्रमुग्ध भएका छन् ।
ठुला टोलीसंग खेल्न पाउदा र ठुला खेलाडीसंग साक्षात्कार गर्न पाएका नेपाली खेलाडीले अवको क्रिकेट यात्रालाई थप मजबुत बनाउने विश्वास नेपाली खेल समर्थकले लिएका छन् । त्यस्तै सिमिट स्रोत र साधानका वीच नेपाली खेलाडीले विश्व स्टार खेलाडीको बलमा चौका र छक्का हाने भने विश्व नम्बर १ खेलाडीका विकेट समेत लिए । नेपाली त्रिर्केट समर्थकले प्रत्येक बलमा उत्सव मनाए । चाहे त्यो रंगशालामा पुगेर होस् या टेलिभिजनमा स्किनमा हेरेर होस् । पछ्रिल्लो एकसाता सिंगो नेपाल क्रिकेटमय बन्यो भन्दा फरक नपर्ला ।
भारतसँगको खेलमा त नेपालका केहि चर्चित अनुहारहरु मैदानमै पुगेर खेलाडीलाई हौसला प्रदान गरे । काठमाडाँै महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, खेलुकदसंग सम्बन्धीत पदाधिकारी र समर्थकले रंगशालामा पुगेर नेपाली टोलीलाई हौसला प्रदान गरे । मेयर बालेनले त नेपाल भारतको खेल हेरेपछि महानगरपालिकाको आर्थिक सहयोगमा क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । मेयर बालेनले त्यसका लागि नेपाल सरकारलाई जग्गा उपलब्ध गराउन माग समेत गरेका छन् ।
यता राष्ट्रपति रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापाले टेलिभिजनमै खेल हेरेका तस्बिर सार्वजनिक गरेर हार्दिकता जनाए । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले त भिडियो कन्फ्रेरेसनमार्फत नेपाली टोलीसंग कुरा गर्दे बधाई दिएका थिए । त्यस्तै नेपालका केहि ठुला कम्पनीले खेलाडीको प्रदर्शनलाई लिएर पुरस्कार समेत घोषणा गरे । यी र यस्तो माहोले नेपाली क्रिर्केट नयाँ सिरामा पुगेको भान नेपाली समर्थकले गरेका छन् ।
एकदीवसीय क्रिकेटको १५ औँ वरियतामा रहेको नेपाल विश्व क्रिकेटमा एक कदम माथि पुग्न प्रयासरत छ । त्यसका लागि नेपालले विश्व क्रिकेटका महारथी राष्ट्रसंग खेल्नुपर्छ र अनुभव हासिल गर्नपर्छ । भारत र पाकिस्तानसंगको खेलमा नेपाल यहि गरेको छ । नजिता भन्दापनि खेलमा ध्यान दिएको नेपालले विश्व प्रसिद्ध टिम विरुद्ध शतप्रतिशत खेल कौशल प्रयोग गरेको छ ।
भारत र पाकिस्तान संगको खेलपछि नेपाली टोलीले धेरै कुरा सिकेको छ र आगामी दिनमा नेपालले उक्त अनुभवलाई लागु गर्ने विश्वास गरिएको छ । तर त्यसका लागि आवश्यक भौतिक पुर्वाधार र खेलाडीलाई एक्पोजरको मौका दिन सरकारको समयमै ध्यान जानुपर्ने देखिएको छ ।
क्याटेगोरी : खेलकुद, जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
तपाईको कमेन्ट लेख्नुहोस्