भारतको चन्द्रयान ३ चन्द्रमाको सतहमा सफल अवतरण
काठमाडौं । भारतले चन्द्रयान ३ चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ। यससँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देशसमेत बनेको हो।
श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः ३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेर सफलतापूर्वक अवतरण गरेको हो।
बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा १२३४ जीएमटी मा चन्द्रमाको सतहमा अवतरण गरेको थियो।
पूर्वी शोभियत संघ, संयुक्त राज्य अमेरिका र चीनपछि भारत चन्द्रमामा अन्तरिक्ष यान अवतरण गर्ने विश्वको चौथो देश बनेको छ। अन्तरिक्ष यानमा चन्द्रमामा विक्रम ल्याण्डर र प्रज्ञान रोभर थिए।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्