भारतको चन्द्रयान ३ चन्द्रमाको सतहमा सफल अवतरण
काठमाडौं । भारतले चन्द्रयान ३ चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ। यससँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देशसमेत बनेको हो।
श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः ३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेर सफलतापूर्वक अवतरण गरेको हो।
बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा १२३४ जीएमटी मा चन्द्रमाको सतहमा अवतरण गरेको थियो।
पूर्वी शोभियत संघ, संयुक्त राज्य अमेरिका र चीनपछि भारत चन्द्रमामा अन्तरिक्ष यान अवतरण गर्ने विश्वको चौथो देश बनेको छ। अन्तरिक्ष यानमा चन्द्रमामा विक्रम ल्याण्डर र प्रज्ञान रोभर थिए।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्