वाग्नर प्रमुख येभगेनी प्रिगोजिनले विमान दुर्घटनामा गुमाए ज्यान
काठमाडौं । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येभगेनी प्रिगोजिनसहित १० जना सवार विमान दुर्घटना भएको छ। दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपत्कालीन सेवाले आज जनाएको छ।
हिजो प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए। प्रिगोजिनले दुई महिनाअघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए। प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाई अचानक खसेको फ्लाइट ट्र्याकिङ डेटामा देखिन्छ।
त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार फिटभन्दा तल खसेको थियो। नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार उनीहरूको ध्यान अहिले दुर्घटनाको कारण पत्ता लगाउनेतर्फ केन्द्रित भएको छ। प्राधिकरणले दुर्घटना अनुसन्धान गर्न विशेष आयोग गठन गरेको छ। प्रहरीले दुर्घटनास्थल वरपरको क्षेत्रलाई ‘सिल’ गरेको छ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #प्रमुख येभगेनी प्रिगोजिन
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्