स्वास्थ्यमन्त्री मोहन बस्नेतको प्रचार मोह, किन आवश्यक पर्यो सेतो कोट दिवस !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको १ सय दिन पुगेको उपलक्ष्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीले भव्य कार्यक्रम नै आयोजना गरेर मनाएका छन् । सेतो कोट दिवस नाम नै राखेर स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अनिवार्य उपस्थितिका लागी उर्दी नै जारी गरेर मनाएको कार्यक्रममा प्रधानमन्त्री स्वयंले समेत यस्ता कार्यक्रम गर्नुको औचित्य नभएको उल्लेख गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा कार्यक्रम आयोजना गरेका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले कर्मचारीलाई सहभागीको लागि उर्दि नै जारी गरेका थिए ।
सेतो कोट दिवस नाम राखेर आयोजना गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीलाई अनिवार्य एप्रोन र सरकारी पोशाकमा उपस्थित हुनको लागि मन्त्रालयले निर्देशन नै जारी गरेको थियो । सरसरर्ती हेर्दा सय दीनको कार्यकालमा जनतालाइ अनुभुती हुने गरी उनले खासै काम गरेको केही देखीदैन ।तर उनले आफ्ना कामहरुको लामो लिस्ट राख्दै एउटा पुस्तक नै जारी गरेका छन् ।यस्ले गर्दा के थाहा हुन्छ भने हाम्रा नेताहरु काम गर्नुभन्दा स्टन्ड बाजीमै रमाएको देख्न सकिन्छ । गणतन्त्र आईसकेको अवस्थामा पनि राजकिय शैलीको झल्को दिने गरि निर्देशन नै जारी गरी कार्यक्रममा उपयस्थित हुन निर्देशन जारी गर्नुले हाम्रा नेताहरुको मानसिकता कता छ भन्ने कुराको प्रष्ट हुन्छ ।
व्यवस्था बदलीय पनि यिनिहरुको सोचमा परिर्वतन हुन नसकेको अवस्था अझै देख्न सकिन्छ । राष्ट्रिय सभा गृहमा दिउँसो २ बजे आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथि बनेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । मन्त्रीको सय दिनको कार्यक्रमा मात्रै भन्दा प्रधानमन्त्री नआउन सक्ने बुझेर हुनुपर्छ मन्त्री बस्नेतले अपनाएको यो, ‘सेतो कोट दिवस’ आश्चर्य छ ।
उद्घाटन, शिलान्यास, दिवस भनेपछि पुगिहाल्ने प्रधानमन्त्रीलाई स्वास्थ्यमन्त्रीको यो निम्तो खासै चित्त भने बुझेको थिएन । उनले सम्बोधनका क्रममा १०० दीनको कार्यक्रम मनाउन जरुरी नभएको बताएका छन् । स्वास्थ्यकर्मी तथा कर्मचारीहरु मन भएर आए या मन्त्रीको दबावले सहभागी भए त्यो त उनिहरुलाइ नै थाहा होला । तर, कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीले सेतो कोट दिवस मनाउनुलाइ सकारात्मक लिएका छन् ।यसले स्वास्थ्यर्कीहरुलाई थप प्रोत्साहन गर्ने उनिहरुको विश्वास छ ।
नेपालमा दिवसहरुको कुनै कमी छैन, हरेक स्वास्थ्यकर्मी निकट संस्थाका आ–आफ्ना दिवस छन् । सरकार आफैंले पनि फागुन १५ मा स्वास्थ्य सेवा दिवस मनाउदै आएको छ । तर, ती दिवसहरुलाई व्यवस्थित गर्न लाग्नु साटो अर्को दिवस थपेर आफ्नो मन्त्री वस्नेतले सस्तो लोकप्रिय कमाउन खोजेको प्रष्ट देखिन्छ ।पछिल्लो दिनमा देशभर फैलिरहेको डेंगु महामारी नियन्त्रण प्रति मन्त्री बस्नेतको खासै रुचि देखिँदैन । तर, कार्यकालको पहिलो सय दिनलाई उनले स्वास्थ्य सेवामा ठूलै उथलपुथल भएझैं गरी धुमधामका साथ मनाउनु भने कतै पनि सान्दर्भिक देखिदैन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बस्नेतको प्रचार मोह, #मोहन बस्नेतको प्रचार, #सेतो कोट दिवस
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्