सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश !
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने जिल्ला अदालतको काठमाडौंको आदेशपछि शर्मा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिल कार्यालयलाई शर्मालाई थुनामा राख्न नपर्ने आदेश गरेको हो ।
जिल्ला न्यायाधीश दण्डपाणी शर्माले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएका हुन् । अदालतको आदेशपछि प्रहरी हिरासतममा रहेका शर्मा रिहा भएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले शर्मालाई बिहीबार पक्राउ गरेको थियो ।
नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्माबाहेक अन्य पाँच जना चिकित्सकलाई भने ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिसोध साँध्न सांसद शर्मालाई पक्राउ गरेको भन्दै कांग्रेस संसदीय दलको बैठकमा चर्को आलोचना भएको थियो ।
सांसदहरु आरजु राणा देउवा, डाक्टर चन्द्र भण्डारी र श्याम घिमिरेले सांसद शर्मालाई पक्राउ गर्नु गलत रहेको बताएका थिए । कांग्रेसबाहेक एमाले सांसद ज्वालाकुमारी शाहले समेत शर्मालाई पक्राउ गर्नु गलत रहेको संसद बैठकमा बताएकी थिइन् । एकसयकिलो सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आएका शर्मा पक्राउ परेपछि एमालेले समेत पक्राउको विरोध गरेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #शर्मा रिहा, #सुनिल शर्मालाई थुनामा राख्न
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्