Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
KhojPatrika

राष्ट्रिय सहकारी बैंकले मनायो २१ औं स्थापना तथा कारोबार शुभारम्भ दिवस


काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस शुक्रबार विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसका अवसरमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरेका थिए । अध्यक्ष कँडेलले सहकारी क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने योगदानलाई थप वृद्धि गर्नका लागि सहकारी अभियान र सरकारबीचको निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमति दिनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा जोड दिए । बिषम परिस्थितिमा सहकारीको उत्कृष्ट व्यवस्थापन सम्बन्धी सफलताको अनुभव आदान–प्रदान भएको छ ।

सहकारी व्यवस्थापनमा सफल रहेका विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपुरका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल, मेचि बहुउद्देश्यीय सहकारी संस्थाका लिमिटेड झापाका प्रमुख कार्यकारी अधिकृत खेम प्रसाद बगाले, चन्द्रगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रिले सफल सहकारी व्यवस्थापनको लागि आ–आफ्नो अनुभव आदान–प्रदान गरेका थिए ।

स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसका अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष के.बी.उप्रेती, स्वागत लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती र सञ्चालन बैंकका सञ्चालक नायब महाप्रबन्धक राजेश श्रेष्ठले गरेका थिए । भौतिक तथा भर्चुअल रुपमा समेत सञ्चालन भएको कार्यक्रममा देशभरका बैंकका सदस्य सहकारी संघ संस्थाका प्रतिनिधि तथा अभियानका विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैंकको उपत्यका बाहेकका सम्पूर्ण शाखा कार्यालयहरुमा २१ औं स्थापना दिवसको अवसरमा छलफल तथा अन्र्तक्रिया गरि दिवस मनाइएको बैंकले जनाएको छ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #राष्ट्रिय सहकारी बैंक लिमिटेड

तपाईको कमेन्ट लेख्नुहोस्