Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

रास्वपामा योग्यता मापदण्ड लागू, रवि लामिछानेको योग्यतामाथि उठ्यो प्रश्न !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा लामो अनुभव हासिल हुनुपर्ने व्यवस्था लागू गरेको हो ।

पदाधिकारीका बारेमा यस्तो व्यवस्था गरिएको भएपनि सभापतिका बारेमा भने कुनै निर्णय भएको छैन । नेपाली राजनीतिमा बैकल्पिक शक्तिका रुपमा उदाएको संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको नेतृत्वमा योग्यता मापदण्ड लागु गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकलेकेन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिको प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको हो ।

ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको हो । पार्टी महामन्त्री मुकुल ढकालले प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको बताएका छन् । त्यस्तै रास्वपाको केन्द्रीय समितिको बैठकले स्नातक उत्तीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभाग अनुसारको क्षेत्रमा दुईवर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको महामन्त्री ढकालले बताए । तर, रास्वपाले पार्टी नेतृत्वमा आउन शैक्षिक योग्यताको मापदण्ड लागु गर्दा पार्टी सभापति रवि लामिछानेको योग्यताबारे भने प्रश्नचिन्ह उठेको छ ।

सभापति लामिछानेले यसअघि सार्वजनिक रुपमा औपचारिक शिक्षाअन्तर्गत कक्षा १२ अर्थात् प्रविणता प्रमाणपत्र तहसम्म मात्रै हासिल गरेको बताउँदै आएका छन् । तर अनुभवका आधारमा भने लामिछाने पार्टी सभापतिमा हुन योग्य रहेका छन् । तथापी यसअघि रास्वपा सभापति लामिछाने र अर्थविभाग प्रमुख स्वर्णीम वाग्लेवीच पार्टी नेतृत्वका विषयमा प्रतिस्पर्धा रहेको आशंका गरिएको थियो । यतिबेलाको योग्यता मापदण्डले भने वाग्लेलाई पार्टी सभापति हुन बल पुग्ने आकलन गर्न थालिएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #स्नातकोत्तर उत्तीर्ण

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं