माओवादीका शीर्ष नेताहरुमाथि प्रश्नै–प्रश्न ? सम्पत्ति छानबिन गर्न माग !
काठमाडौं । साउन १७ गतेबाट सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटि बैठक जारी छ । कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा जारी बैठकको तेस्रो दिन केन्द्रिय सदस्यहरुले समसामयिक बिषयमा धारणा राखेका छन । बैठकमा केन्द्रिय सदस्यहरुले नेताहरुको सम्पती छानबिन हुनु पर्ने बिषयलाई जोडतोडले उठाएका छन ।
काठमाडौँ कमलादी स्थित प्रज्ञा प्रतिस्ठानमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटि बैठकमा केन्द्रिय सदस्यहरुले समसामयिक बिषयमा धारणा राखीरहेका छन । शुक्रबार तेश्रो दिनको बैठकमा पनी केन्द्रिय सदस्यहरुले पार्टीमा नेतृत्व परीबर्तनको एजेण्डा उठाउदै नेताहरुको सम्पती छाबिनको मुद्धालाई प्राथमिकताका साथ उठाएका छन ।
त्यसोत बैठकको पहिलो दिनबाटै केन्द्रिय सदस्यहरुले सिर्ष नेताहरुको सम्पति छानबिन गर्नुपर्ने मुद्धालाई प्राथमिकताका साथ उठाएका थिए । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने आवाज पनी उठाएका छन । उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरुले भबिष्यको समेत चिन्ता गरिरहेका छन । उनिहरुले पार्टी ओरालो लागेको भन्दै चिन्ता ब्यक्त गरेका छन । बैठकमा केहि केन्द्रिय सदस्यहरुले भने पार्टी नेतृत्वको कार्यशैली माथी प्रश्न उठाएका छन ।
केन्द्रिय कमिटिको बैठकलाई केहि केन्द्रिय सदस्यहरुले पनी पार्टी सुधारका लागी सञ्जीबनी बुटी जस्तै रहेको टिप्पणी गरेका छन । उनिहरुले बैठकपछी पार्टीले गति लिने बिश्वाश गरेका छन । बैठकमा केहि केन्द्रिय सदस्यहरुले भने बर्तमान सरकारको प्रसंसा गरेका छन । खासगरी भ्रष्टाचार बिरुद्ध सुसानका क्षेत्रमा सरकारले राम्रो काम गरीरहेको उनिहरुको बुझाई छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेकपा माओवादी केन्द्र
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्