Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

राजश्व अनुसन्धान विभागद्धारा एक क्वीन्टल सुन प्रकरणमा ठमेलस्थित होटल भियनामा छापा


काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको हो ।

विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको छ । हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।

राजश्व अनुसन्धान विभागको टोलीले साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।

ब्रेक शु भित्र लुकाएर सुन नेपालमा ल्याइएको थियो । सुन ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दोलखाका दिलीप भुजेललाई पनि विभागले पक्राउ गरेको छ । तर, तस्कर समूहले उनलाई २० हजार रुपैयाँ दिएर ‘फर्जी’ सञ्चालकको रुपमा खडा गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

यसपछि यो प्रकरणमा एक जना चिनियाँ नागरिकसहित भारतीय मुलका तिब्बतीन नागरिक समेत पक्राउ परेका छन् । हालसम्म यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ठमेलस्थित होटल भियना, #सुन तस्करी प्रकरण, #होटल भियना

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं