किन चल्दैछ गृहमन्त्री श्रेष्ठ र एमाले अध्यक्ष ओलीको जुहारी, सुन काण्डले खैलाबैला !
काठमाडौं । भ्रष्टाचारका ठुला फाईल खोलेको भन्दै वाहवाही पाईरहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने आवाज जोडतोडले उठेको छ । केहि समयअघि प्रधानमन्त्री प्रचण्डको राजीनामालाई बटमलाईन बनाएको एमालेले अहिले भने गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैले सय किलो सुन प्रकरणमा संग्लग्नता देखिएको आरोप लगाउदै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन ।
सय किलो सुन प्रकरणमा संग्लग्नता देखिएको आरोप लगाउदै गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बिषय जोडतोडले उठेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाबाट फर्केलगत्तै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेपछी अहिले राजनीतिक बृत्त तरगित बनेको छ ।
माओवादी नेताहरु गृहमन्त्रीको बचाउमा उत्रेका छन भने, स्वयं गृहमन्त्रीले भने एमाले अध्यक्ष ओलीलाई जवाफ फर्काएका छन । ओलीले कम्बोडियाबाट स्वदेश फर्किने क्रममा त्रिभुवन बिमानस्थलमा गृहमन्त्री श्रेष्ठमाथी आक्रोस पोखेका थिए । त्यस क्रममा उनले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
ओलीको यस्तो अभिब्यक्तीपछी माओवादी केन्द्रका नेताहरु गृहमन्त्री श्रेष्ठको बचाउ गरेका छन । स्वयम गृहमन्त्री श्रेष्ठले पनी एमाले अध्यक्ष ओलीलाई जवाफ फर्काएका छन । गोरखामा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्नु स्वभाबिक भएको बताएका छन । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनी एमाले अध्यक्ष ओलीलाई जवाफ फर्काएका छन् ।
उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचारको काण्डै काण्ड मच्चाएको आरोप समेत लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा दिपशिखाले लेखेका छन ‘अहिले अरूले राम्रो काम गर्दा राजीनामा माग्ने एमालेले लोकलाज त माने हुने नि ? पहिला प्रचण्डको अहिले गृहमन्त्रीको राजीनामा मागेछ ।
त्यसोत सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र पनी गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने आवाज उठेको छ । केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्य जितजंग बस्नेतले सय किलो सुन प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा हिनामिना प्रकरणले गृहमन्त्री नारायणकाजी श्रेष्ठको लोकप्रियताको ग्राफ उकालो लागीरहेको छ । जनताबाट वाहवाही पाईरहेका गृहमन्त्री श्रेष्ठको एमालेले भने सय किलो सुन प्रकरणमा संग्लग्नता देखिएको भन्दै राजीनामा मागेको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #भ्रष्टाचार, #वाहवाही
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्