जिल्ला अदालतले नै मानेन समलिंगी जोडीको विवाह दर्ता गर्न
काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक समलिंगी जोडीको विवाद दर्ता गर्न अस्वीकार गरेको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले समलिंगी विवाह गर्ने कानूनी व्यवस्था नरहेको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो ।
उनको इजलासको आदेशमा भनिएको छ, ‘कुनै पुरुष वा महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा निवेदन दिनसक्ने कानूनी व्यवस्था रहेको देखिएकोमा प्रस्तुत दर्ताद्वारा विवाह गरी पाउँ भनी निवेदन दिने दुवै व्यक्ति फरक लिंकका महिला पुरुष नदेखिएको अवस्थामा निवेदन बमोजिम दर्ताद्वारा विवाह गराउन मिलेन ।
कानून बमोजिम गर्नुहोला ।’ मुलुकी देवानी संहिता, २०७४ को दफा ७७ मा भएको व्यवस्था अनुसार अदालती विवाह गर्न जोडी जिल्ला अदालत पुगेको थियो । उक्त दफामा अदालतमा दर्ता गरेर विवाह गरिने प्रावधान छ । यसअघि उक्त जोडीसमेतले समलिंगी विवाहको माग गरेर सर्वोच्च अदालत गएको थियो ।
सर्वोच्च अदालतले समलिंगी विवाहको कानुनी व्यवस्था गर्न सरकारलाई आदेश दिँदै कानुनी व्यवस्था नहुँदासम्म अस्थायी दर्ता किताब राखेर भए पनि विवाह दर्ता गर्नु भनी अन्तरिम आदेश दिएको थियो । १३ असार, २०८० मा न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासको आदेशमा भनिएको थियो, ‘विवाहको अस्थायी अभिलेख रहने गरी विवाद दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नु/गराउनू ।’ त्यही अन्तरिम आदेश देखाएर उनीहरुले विवाद दर्ताको प्रयास गरेकामा जिल्ला अदालतले दर्ता गर्न इन्कार गरेको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #जिल्ला अदालत काठमाडौँ, #समलिंगी जोडी
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्