भारतीय गुलामहरुले देश चलाउँदै छन् : मेयर बालेनको आरोप
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भारतीय गुलामहरुले देश चलाउँदै गरेको गम्भिर आरोप लगाएका छन् । उनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र अन्य सबै जना मरेका लाशहरु हुन् भनि प्रश्न समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछन् र म मात्र विरोधमा रु र म मात्र अदालतको अवहेलनामा ? सबै जना मरेका लाशहरु हुन् ?’ उनले सामाजिक सञ्जालमार्फत आफूहरुलाई पुष्पकमल दाहाल प्रचण्डभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताए ।
‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो’, बालेनले लेखेका छन्, ‘दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।’

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गम्भिर आरोप, #बालेन्द्र शाह, #भारतीय गुलाम
ताजा खबर
- १जेन–जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तरर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौंः गृहमन्त्री अर्याल
- २केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
- ३राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
- ४केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
- ५पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित



तपाईको कमेन्ट लेख्नुहोस्