प्रचण्डको राजीनामा माग्दै संसदमा हंगामा, एमाले, राप्रपा र रास्वपा एकै ठाउँ !
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसदको दुबै सदन अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तीको विरोध गर्दै एमालेले संसद अवरोध गरेको हो । एमालेले प्रधानमन्त्रीको राजीनामा समेत मागेको छ । एमालेसहितका विपक्षी दलहरुले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
यता राष्ट्रियसभाको बैठक समेत सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसदका दुबै सदन अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफुलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक दिल्ली गएको अभिव्यक्ती दिएको विरोधमा एमालेले संसदमा विरोध गरेको हो ।
प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको अभिव्यक्तीले नेपालको राष्ट्रियता कमजोर बनाएको भन्दै राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेका थिए । एमालेको विरोधका बिच प्रतिनिधिसभाको बैठक चलाउन खोजेको सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचीअनुसार संसद चलाउन आग्रह गरेका थिए । तर राप्रपाका सांसदहरुले वेल घेराउ गरेपछि अबस्था तनावपुर्ण बन्यो ।
यता नेकपा एमालेले नै राष्ट्रियसभा बैठक समेत अवरुद्ध गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्तीले नेपाली जनताको अवमुल्यन भएको भन्दै राष्ट्रियसभामा समेत एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेको हो । एमालेले प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म संसदको अवरोध नखोल्ने अडान लिएको छ । यता प्रधानमन्त्री दाहालले भने प्रितम सिंहबारे आफुले दिएको अभिव्यक्तीको बचाउ गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #संघीय संसद, #संसदको दुबै सदन
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्