धान दिवसका दिन खेतखेतमा पुगे नेता, मल विउ भने अझै पाउन कठिन
काठमाडौं । ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ शुक्रबार २० औँ राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा मन्त्रीदेखि दलका शिर्ष नेताहरु समेत हिलो खेतमा पसेर धान रोपे । तर कृषिप्रधान भनिने नेपालमा चामलदेखि अन्य खाद्यान्न समेत भारत लगाएतका देशबाट आयात हुँदै आएको छ । सरकार आफैले धान दिवसको कार्यक्रम गरेको भएपनि कृषकले भने समयमै रासायनिक मल र विउसम्म नपाउने अबस्था अहिले पनि कायमै छ ।
शुक्रबार ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि , धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ शुक्रबार २० औँ राष्ट्रिय धान दिवस मनाइएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा विक्रम सम्बत् २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
धान दिवसको कार्यक्रममा दलका शिर्ष नेताहरुदेखि कृषिमन्त्रीसम्म सहभागी भए । एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाउन आह्वान गरेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाईं महोत्सवमा सहभागी भएका कृषिमन्त्री वेदुराम भुसालले भने १० लाख ३० हजार हेक्टर बाँझो जमिनमा खेती गर्न थाल्नुपर्ने बताए ।
नेपाल कृषिप्रधान देशका रुपमा चिनिन्छ । नेपालको कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान झण्डै २९ प्रतिशत रहेको छ । यता मुलुकभरका नेपालीलाई वर्षदिनभरि भात खान ४० लाख मेट्रिक टन चामल चाहिन्छ । तर नेपालमा उत्पादित धानबाट जम्मा ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुन्छ । ४ लाख ८० हजार मेट्रिक टन चामल भने आयात भइरहेको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा चामल मात्रै ४७ अर्ब ५७ करोड रुपैयाँको आयात भएको थियो । यस्तै चालु आर्थिक वर्षको नौ महिनामा १२ अर्ब ९५ करोड पाँच लाख ८१ हजार रूपैयाँको एक लाख ९४ हजार ६९५ मेट्रिक टन चामल आयात भएको छ ।
नेपाल जस्तो कृषि प्रधान देशमा बर्सेनि अरबौ रुपैयाँको धान चामल आयात गर्दै आएको छ । तर वर्षको एक दिन हिलोमा पसेर धान रोपाई गर्ने जिम्मेवार व्यक्तीहरुले किसानलाई रासायनिक मल र विउ समेत समयमै उपलब्ध गराउन सकिरहेका छैनन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #जलवायु अनुकूलित कृषक मैत्री प्रविधि
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्