Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

ललिता निवास प्रकरणमा भिआईपी कनेक्सन ! जग्गा निल्न खोज्नेलाई लाग्ला त हत्कडी ?


काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनीहरुलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको थियो ।

प्रहरीले ७ जनालाई पक्राउ गरेपनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि छाडिएको थियो । प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई मंगलबार बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो । यस्तै, प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारस्थित ललिता निबासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यरोले अनुसन्धान प्रक्रिया अगाडी बढाएपछी नेपाली राजनीति तरंगित बनेको छ ।

पुर्बप्रधानमन्त्रीदेखि ठुला दलका ठुला नेताहरुको समेत नाम मुछिएको ललिता निबास जग्गा प्रकरणमा अहिले सम्म ४ जना पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा विभिन्न भूमिकामा संलग्न रहेको अभियोग लगाएको छ ।

बुधबार उनिहरुमाथी लागेको आरोप सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय अनुसन्धान ब्युरोले सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्ने क्रममा भएको कीर्तेमा हदम्याद नलाग्ने दाबी समेत गरेको छ । केन्द्रिय अनुसन्धान ब्यरोले जग्गा हिनामिना प्रकरणमा संग्लल्गन थप अन्य ब्यक्तीहरुमाथी पनी अनुसन्धान गर्ने दाबी गरेको छ । नक्कली भुटानी शरणार्णी प्रकरणमा हाईप्रोफाईलको हातमा हतकडी लागेलगत्तै ललिता निबास जग्गा हिनामिना प्रकरणको फाईल खुलेपछी अहिले आमचासो बढेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा यहि बिषयमा हंगामा नै मच्चियो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यो प्रकरणमा मुछिएका पुर्वप्रधानमन्त्री देखि नेताहरुलाई संसदमै स्पष्टिकरण सोध्नु पर्ने बताए । सांसदहरुले उठाएको प्रश्नहरुको संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेको संसदलाई जानकारी दिए । त्यसक्रममा उनले वर्षौंदेखि थुप्रिएको विकृतिको डंगुर सफा गर्ने लडाइँमा आफूलाई संसद र आम जनताको समर्थन चाहिने धारणा राखे । यही प्रकरणमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कसुरअन्तर्गत विषेश अदालतमा मुद्दा दायर गरेको थियो । अहिले भने सरकारी लिखत किर्तेमा अनुसन्धान शुरु भएको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #७ दिन हिरासत, #पक्राउ परेका चार जना, #ललिता निवास

तपाईको कमेन्ट लेख्नुहोस्