रुकुमपश्चिमको मुसिकोटबाट डिग्रे जान लागेको जिप दुर्घटना, १० जना घाइते
रुकुमपश्चिम । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको त्रिवेणी चोकबाट डिग्रे जाँदै गरेको जिप दुर्घटना भएको छ ।
त्रिवेणी चोकबाट रावलबारा हुँदै डिग्रे जाने सडकमा रहेको भे १ च २७९६ नम्बरको जिप स्टार्ट गर्ने क्रममा त्रिवेणी चोकदेखि केही माथि उकालोमा ब्रेकले काम नगरी पछाडि सर्दा सडकबाट ६ मिटर तल अर्को सडकमा खसेको हो । दुर्घटनामा परी १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिपमा १२ जना सवार थिए । चालक सहित २ जनालाई भने केही भएको छैन् । घाइते हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ की १३ वर्षिया सरस्वती केसी, मुसिकोट ३ की ५५ वर्षिया लिला केसी, मुसिकोट १३ की ५० वर्षिया सुबि रोका, मुसिकोट ३ की १३ वर्षिया सुजता केसी, मुसिकोट १२ की करीना केसी र मुसिकोट १४ की दक्षिणा केसी रहेका छन् ।
त्यस्तै मुसिकोट १४ कि ८ वर्षिया बर्षा केसी, मुसिकोट १ की ३५ वर्षिया बिनिता केसी, दाङ शान्तिनगर ४ की २५ वर्षिया टीका ओली केसी र सोही ठाउँकी ३३ वर्षिया टीका केसी पनि घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डिग्रे जाँदै गरेको जिप, #मुसिकोट नगरपालिका
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्