शोकमा सुदूरपश्चिम प्रदेश, आज शोक विदा
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर आज शोक बिदा दिएको छ । मंगलबार सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सुदूरपश्चिम सरकारले शोक बिदा दिएको हो ।
मन्त्री सिंह गृह जिल्ला बझाङ जाँदै गर्दा केदारस्यूँ गाउँपालिकामा उनी सवार ०१००१ झ ४८० नम्बरको सुपप्र डडेलल्धुराबाट चैनपुर आउँदै गर्दा गाडी धारछाडा भन्ने ठाउँमा सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्युभएको थियो ।
दुर्घटनामा सिंही पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन भएको थियो । दुर्घटना चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड दीपक भण्डारी गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार नेपालगञ्जमा भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आज शोक बिदा, #पृथ्वीबहादुर सिंहको निधन
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्