ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई नेपाल स्काउटको सम्मान

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन सम्मानित भएका छन् । उनलाई स्काउटको ७२ औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउटले सम्मान गरेको हो ।
महर्जनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले कदर पत्र प्रदान गर्दै सम्मान गरिएको हो । स्काउटको स्थानीय पालिकाको संरक्षकको हैसियतमा स्काउटको वृद्धी, विकास र विस्तारका लागि महत्वपूर्ण योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।
महर्जनले नगरपालिकाभित्रका सामुदायिक विद्यालयका स्काउट पढाउने शिक्षकलाई पारिश्रमिकको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् । उनले नगरपालिकामै स्काउटको कार्यालय स्थापना गरेर गतिविधि संचालन गराउँदै आएका छन् । त्यसैगरी सामुदायिक विद्यालयका विद्यार्थीलाई स्काउटको पोषाक वितरण गर्दै आएका छन् । सबै विद्यालयमा स्काउट शिक्षा अनिवार्य गराउने उनको लक्ष्य रहेको छ ।
पूर्वराष्ट्रपति भण्डारीले स्काउटले आफ्ना गतिविधि गर्दै विश्वसामू चर्चा कमाएको भन्दै प्रशंशा गरिन । उनले विभिन्न दैविप्रकोप तथा सामाजिक क्षेत्रमा स्काउटले निक्कै सकरात्मक भूमिका खेलेको समे बताइन ।
क्याटेगोरी : जनप्रतिनिधि, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रमुख गजेन्द्र महर्जन, #महर्जन सम्मानित, #ललितपुरको गोदावरी
ताजा खबर
- १भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- २समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
- ३ओलीले सांसदहरूलाई भनेढुक्क रहनू, हाम्रा सबै नीति सही छन्
- ४अस्ट्रेलियामा आम निर्वाचनः एक करोड ८० लाख मतदाता
- ५भारत गोवाको लइराई देवी मन्दिरमा भागदौड, ६ को मृत्यु, ८० जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्