मुल्य बढाउन सडकमै फालियो १० टनभन्दा धेरै गोलभेडा !

काठमाडौं । उचित मूल्य नपाएको भन्दै किसानहरुले कालीमाटीको सडक किनारबाट बिद्रोह गरेका छन । कालीमाटी फलफूल तथा तरकारी बजार पुगेका किसानहरूले उचित मुल्य नपाएको भन्दै गोलभेँडा सडक किनारमा फालेर बिरोध जनाएका हुन । काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेको दृष्यले सरकारी नीतिमाथि नै प्रश्न उठाएको छ ।
बजार मूल्य नपाएको भन्दै कालिमाटीको तरकारी बजार अगाडी किसानहरुले गोलभेंडा सडकमा फालेर बिरोध जनाएका छन् । किसानहरुले बजारमा मुल्य नपाएपछी कालिमाटीको तरकारी बजार अगाडिको सडक किनारमा १० टन भन्दा बढी गोलभेँडा फालेर बिरोध जनाएका हुन । काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका हुन ।
नेपालमा उत्पादित गोलभेंडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आफैलै उत्पादन गरेको गोलभेँडा सडकमा फाल्नु परेको किसानहरुको गुनासो छ । उनिहरुले उचित मूल्य नपाए माइतीघर र सिंहदरबार अगाडि गोलभेँडा फालेर बिद्रोह गर्ने चेतावनी दिएका छन । किसानले गोलभेँडा सडकमा फालेको बिषयले संसदमा पनि प्रवेश पाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बर्तौलाले मुल्य नपाएपछी किसानले आफैले उत्पादन गरेको गोलभेँडा सडकमा फाल्नु पर्ने अबस्था आएको भन्दै दुःख ब्यक्त गरेका छन् । नेपाली बजारमा भारतीय गोलभेँडा भित्रिएर महँगोमा बिक्री भइरहँदा नेपाली गोलभेँडाले भाउ नपाएको किसानहरुको गुनासो छ ।
टनेलमा व्यावसायिक गोलभेँडा खेती गर्नेले अहिले बजारमा ५ रुपैयाँ प्रतिकिलोमा पनि गोलभेँडा बेच्न नसकिएको दुःखेसो पोखेका छन् । आइतबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भारतीय गोलभेँडा (ठूलो) को भाउ प्रतिकेजी न्यूनतम ४० र अधिकतम ५० रुपैयाँ तोक्दा नेपाली गोलभेँडा सानोको भाउ भने न्यनूतम ६ र अधिकतम १० रुपैयाँ तोकेको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१० टनभन्दा बढी गोलभेँडा, #उचित मूल्य, #कालीमाटी फलफूल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्