अमुक अपेक्षाहरु पूरा नगरेपछि मेरो चरित्रहत्या गर्न खोजियोः जनार्दन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले कान्तिपुर दैनिकले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले समाचारमा जबरजस्त आफूलाई जोडेको जिकिर गरेका छन् । शर्माले पत्रिका सम्वद्ध व्यक्तिहरुको अमुक अपेक्षाहरू पूरा नगरेका कारण व्यक्तिगत मानहानी र चरित्रहत्या गर्ने गरी समाचार प्रकाशित गरेको जिकिर गरेका हुन् ।
कान्तिपुर दैनिकको जेठ ३२ बिहिबार ‘नेपाली र अमेरिकी ठग्ने दुई गिरोहको साँठगाँठ’ शिर्षकको समाचारका विषयबस्तु निराधार, कपोलकल्पित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले समाचार पूर्वाग्रहपूर्ण र अतिशयोक्ति भएको समेत बताए ।
माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहेका शर्माले समाजिक संजालमार्फत आफ्नो चरित्रहत्या गर्ने गरी प्रकाशित समाचारमा समावेश गरिएका विषयबस्तुमाथि अनुसन्धान गर्न आफू तयार रहेको बताउँदै भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह समेत गरेका छन् ।
यस्तो जनार्दन शर्माको स्टाट्स
कान्तिपुर दैनिकको मिति २०८०, जेठ ३२ बिहिबारको बर्ष ३१ अंक ११७ मा प्रकाशित “नेपाली र अमेरिकी ठग्ने दुई गिरोहको साँठगाँठ “ शिर्षकमा प्रकाशित समाचारमा मेरो तस्विर समेत राखी अतिशयोक्ति एंव भ्रामक समाचार प्रकाशन गरेकोमा मेरो गंभीर ध्यानाकर्षण भएको छ । समाचारको उठान र प्रस्तुति जसरी गरिएको छ, त्यो आफैमा पूर्वाग्रह र अतिशयोक्तिले भरिएको छ ।
उक्त विषयवस्तुलाई अनेकौँ जलप लगाएर आम पाठक र सर्वसाधारणलाई भ्रम श्रृजना गरी पूर्वाहग्रहपूर्ण ढंगबाट मलाई जोडेर मेरो राजनितिक जीवनमा समेत प्रश्न उठाउन खोजिएबाट म चुप लागेर बसेमा कान्तिपुर दैनिकले म माथि लगाएका संगीन आरोपहरूलाई मौन रुपमा स्विकारेको ठहर्ने भएकोले मैले सामाजिक सञ्जालहरु मार्फत यि कुराहरु राख्न बाध्य भएको हु । उक्त समाचारमा उठाइएका विषयबस्तुहरु सवै निराधार र कपोलकल्पित हुन, त्यसका लागी म जुनसुकै अनुसन्धानका लागी समेत तयार रहेको व्यहोरा अवगत गराउन चाहन्छु ।
उक्त दैनिक र दैनिक सम्वद्ध व्यक्तिहरुको अमुक अपेक्षाहरू पूरा नगरेको सन्दर्भलाई मेरो व्यक्तिगत मानहानी र चरित्रहत्या गर्ने उद्धेश्यले तथ्यलाई तोडमोड गरी जवरजस्ती ढंगबाट समाचारमा मलाई तान्न खोजिएको छ । जुन कुरा सरासर गलत र मनगडन्ते हो । यस बिषयमा मैले निकट भविष्यमा वास्तविकतासहितको विवरण आम नेपाली सामु राखी प्रस्ट्याउने छु । साथै उक्त दैनिकका यस्ता भ्रमपूर्ण समाचारको पछाडि नलाग्न समेत सबैमा हार्दिक अपील समेत गर्दछु ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आफ्नो चरित्रहत्या, #जनार्दन शर्मा
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्