वानएक्स बेटमा चर्चित कलाकार नै पक्राउ, बल्छी,राजुमास्टर, म्याकुरी, ढेढु बुँढा र अलिस प्रहरी नियन्त्रणमा
काठमाडौं । वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई सार्वजनिक गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जसमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार (बल्छी ध्रुवेु ) मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय (म्याकुरी) पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिश राई छन्।
त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा, मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन्। युट्युबमार्फत वानएक्स बेट प्रचार–प्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन आफना कार्यक्रममा देखाइरहेका थिए । यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन नै चलाएको थियो ।
अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पक्राउ परेका चर्चित कलाकारहरुसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अपराध अनुसन्धान, #आठ जना, #ढेडु बुढो, #बल्छी ध्रुवेु, #म्याकुरी, #वानएक्स बेट
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्