रवि लामिछानेको सक्रियता, संसदमा बिषय उठानदेखि आयोजना अनुगमनसम्म !

काठमाडौं । संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दौडधुप ह्वात्तै बढेको छ । सत्ता र सरकारभन्दा बाहिर रहेका लामिछाने पछिल्लो समय पार्टीको संगठन विस्तार र राजनीतिक भेटघाटमा ब्यस्त छन् । लामिछानेले सार्वजनिक मञ्चबाटै सरकारको आलोचना गरिरहेका छन् । त्यसका अलवा विकासनिर्माणका कामको अवलोकनमा समेत समय खर्चिरहेका छन् ।
शनिबार नागढुंगा सुरुङ मार्ग अवलोकन गरेका लामिछानेले आइतबार १० बर्षे शशस्त्र द्धन्द्धमा महत्वपूर्ण अनुभव बटुलेर माओवादी परित्याग गरेका लोकेन्द्र विष्टसँग समेत भेटवार्ता गरेका छन् । जुन भेटघाटलाई अर्थपूर्ण ढंगले हेरिएको छ । रास्वपा सभापति लामिछाने नागढुंगा सुरुङमार्ग अवलोकनमा दलबलका साथ पुगेका थिए । लामिछानेले साथमा पार्टीका उपसभापति डिपी अर्याल र नेता स्वर्णीम वाग्ले लगायत दर्जनौ नेता कार्यकर्ता लिएर सुरुङ मार्गको अवलोकन गरेका हुन् ।
नागढुंगा सुरुङ मार्ग अवलोकनमा अर्थविद् स्वर्णीम वाग्लेलाई साथमा राखेर अवलोकनमा पुगेका लामिछानेले विकाश निर्माणको काममा ढिलाई हुने गरेको बताएका थिए । लामिछानेले मुलकको विकास निर्माणमा राष्ट्रिय गौरवका आयोजनाले ठुलो अर्थ राख्ने बताएका थिए । सत्ता र सरकारबाट पर बसेर राजनीति र जनजिवीकाको सवालमा आवाज उठाइरहेका लामिछाने २०८४ को आमचुनावको तयारीमा जुटेका छन् । त्यसैअनुसार लामिछानेले रास्वपाभित्र नाम चलेका अनुहार ल्याउन खोजिरहेको समेत देखिन्छ ।
त्यसैक्रममा १० बर्षे शशस्त्र द्धन्द्धमा सहभागी भएर मन्त्री समेत भइसकेका तर अहिले माओवादी परित्याग गरेर कृषिफर्म सञ्चालन गरिरहेका लोकेन्द्र विष्टसँग समेत आइतबार औपचारिक भेटघाट गरेका छन् । भेटघाटमा बर्तमान राजनीतिक अवस्था र आगामी दिनमा सहकार्यको विकल्पबारे कुराकानी भएको बताइएको छ । विष्ट पूर्वमन्त्री समेत हुन भने अहिले दाङमा ड्रागन फार्म खोलेर बसिरहेका छन् ।
पार्टी खोलेको ६ महिनामै देशको उपप्रधानसहित गृहमन्त्री बनेका लामिछाने सत्ताको लोभमा लाग्दा हण्डर खाएपछि २०८४ को चुनावपछि प्रधानमन्त्री बन्ने दाउमा लागेका छन् । उक्त मिसनलाई सार्थकता दिन देशभर दौडधुप गरिरहेको उनी आफैले समेत बताउने गरेका छन् ।
लामिछाने गत पुस १० को बालकोट भेलाबाट पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । तर पछि नागरिकता दुरुपयोगमा दोषी ठहरिदा सांसद र गृहमन्त्री पद धरापमा परेको थियो । त्यसयता लामिछानेको जिवनमा धेरै उत्तारचढाव आएका छन् । मन्त्री र सांसद पद धरापपछि लामिछानेले सरकारबाट हात झिकेका थिए । त्यसयता बैशाख १० को उपचुनाव जितेर सांसद बनेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेन्चमा बस्न थालेपछि लामिछाने फुर्सदिला भएका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नागढुंगा सुरुङ मार्ग, #रवि लामिछानेको सक्रियता
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्