पाकिस्तानको बलुचिस्तानमा पूर्व मन्त्रीका नातेदार र प्रहरीको गोली हानी हत्या
इस्लामावादः पाकिस्तानको ग्वादरमा सशस्त्र व्यक्तिहरूले पूर्व प्रान्तीय मन्त्री र एक वरिष्ठ प्रहरी अधिकारीको जेठाजुलाई गोली हानेर हत्या गरेका, डनेले रिपोर्ट गरेको छ। डन पाकिस्तानी अंग्रेजी भाषाको अखबार हो। अब्दुल कयुम बुलेदीलाई घरबाहिर बसिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
‘धेरै गोली लागेर कय्युम बुलेदीको घटनास्थलमै मृत्यु भयो,’ लेभिजका एक अधिकारीले भने। उनी बलुचिस्तानका पूर्व अर्थमन्त्री जहूर बुलेदीका जेठाजु थिए। डनका अनुसार शवलाई नजिकैको अस्पतालमा लगिएको छ । जहुर बुलेदी हालै पीपीपीमा प्रवेश गरेका थिए ।
अर्को घटनामा प्रहरीको विशेष शाखाका प्रमुख मोहम्मद रफिकलाई साथीसँग कुरा गर्ने क्रममा गोली हानी हत्या गरिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्