१९ वर्षपछि अध्यापन पेशामा फर्किए कांग्रेस नेता डा.मिनेन्द्र रिजाल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल अध्यापन पेशामा फर्किएका छन् । राजनीतिमा सक्रिय भएर फुर्सद नपाएपछि अध्यापन पेशा छोडेका उनी १९ वर्षपछि नियमित अध्यापन पेशामा फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका हुन् ।
काठमाडौँको मध्यबानेश्वरमा रहेको एपेक्स कलेजमा बिहान ८ देखि १० बजेसम्म अध्यापन सुरु गरिएको उनले बताए । ‘सुखद अनुभव, १९ वर्ष पछि नियमित रूपमा पढाउन थालेँ । अब हरेक आइतबार बिहान ८ः१० बजे Apex College मा पढाउने छु,’ रिजालले उल्लेख गरेका छन् ।
रिजाल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महामन्त्रीबाट पराजित भएपछि नैतिकता देखाउँदै रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।
उनलाई सभापति शेरबहादुर देउवाले केही साता अघिमात्र केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #डा. मिनेन्द्र रिजाल, #नेपाली कांग्रेस, #राजनीतिमा सक्रिय
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्