१९ वर्षपछि अध्यापन पेशामा फर्किए कांग्रेस नेता डा.मिनेन्द्र रिजाल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल अध्यापन पेशामा फर्किएका छन् । राजनीतिमा सक्रिय भएर फुर्सद नपाएपछि अध्यापन पेशा छोडेका उनी १९ वर्षपछि नियमित अध्यापन पेशामा फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका हुन् ।
काठमाडौँको मध्यबानेश्वरमा रहेको एपेक्स कलेजमा बिहान ८ देखि १० बजेसम्म अध्यापन सुरु गरिएको उनले बताए । ‘सुखद अनुभव, १९ वर्ष पछि नियमित रूपमा पढाउन थालेँ । अब हरेक आइतबार बिहान ८ः१० बजे Apex College मा पढाउने छु,’ रिजालले उल्लेख गरेका छन् ।
रिजाल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महामन्त्रीबाट पराजित भएपछि नैतिकता देखाउँदै रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।
उनलाई सभापति शेरबहादुर देउवाले केही साता अघिमात्र केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #डा. मिनेन्द्र रिजाल, #नेपाली कांग्रेस, #राजनीतिमा सक्रिय
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्