एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेको एउटै स्वर, २०८४ मा पहिलो पार्टी बन्ने

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा नया र पुराना दलहरुबिच शक्ति संघर्ष चलिरहेको छ । पुराना दलहरुले देशको बिकासका लागी केहि गर्न नसकेको आरोप नया दलहरुको छ । पुराना दलहरु पनी देशको बिकास गर्ने हुटहुटी नभएको भन्दै नया दलहरुको खिशीट्युरी गरीरहेका छन । यहि बिचमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बिचमा गज्जबको घोचपेच देखिएको छ ।
काठमाडौँमा भएका दुई अलग अलग कार्यक्रममा एमाले अध्यक्ष ओली र रास्वपा सभापति रवि लामीछानेले आ–आफ्नो बचाउ गर्दै एक अर्कामाथी आक्रोश पोखेका हुन । एमाले अध्यक्ष ओलीले पुराना दलहरु विरुद्ध अभियान चलाउन खोजिएको भन्दै नया दलहरुमाथी आक्रोस पोखेका छन । रास्वपा सभापति लामीछानेले भने पुराना दलहरुबाट नया पार्टीको यात्रामा बाधा पु¥याउने प्रयास भइरहेको आरोप लगाएका छन ।
रास्वपा सभापति लामीछानले आफ्नो पार्टीको लोकप्रियता बाट पुराना पार्टी अत्तालिएको दाबी गरेका छन । उनले २०८४ सालको आम चुनावमा रास्वपालाई बहुमत ल्याउन नदिने चलखेल भईरहेको समेत बताएका छन । त्यसोत पुराना दलहरुले केहि गर्न सकेनन् भन्दै राजनीतिमा आएको रास्वपाको पछिल्लो समय आलोचना भईरहेको छ ।
खासगरी रास्वपाका सांसदहरुले संसदमा सामान्य बिषयमा पनी अनाबस्यक हल्ला गर्ने गरेको आरोप आलोचकहरुको छ । पुराना दलहरुको बिकल्प दिने भन्दै राजनीतिमा उदाएको रास्वपाको कार्यशैली पनी भिन्न हुन नसकेको टिप्पणी भईरहेको बेला सभापति लामीछानेले भने बचाउ गरेका हुन । उनले पुराना पार्टीहरुबाट देशको बिकास हुनै नसक्ने ठोकुवा गरेका छन ।
यता एमाले अध्यक्ष ओलीले भने पुराना राजनीतिक दलका विरुद्ध अभियान संचालन गर्न खोजिएको आरोप लगाएका छन् । पुराना राजनीतिक दलहरूले गरेको संघर्ष र योगदानलाई कम आँकेर त्यसले ल्याएको परिवर्तित अवस्थामा अभियान संचालन गरिएको ओलीले दाबी गरेका छन ।
एमाले र रास्वपा अहिले प्रतिपक्षीमा छन । संसदमा एउटै लहरबाट एउटै स्वरले सरकारमाथी हमला गरीएको आरोप लागि रहेका बेला लामीछाने र ओलीको एक अर्कालाई काउण्टर दिने अभिब्यक्ती आएको हो । बिहिबार मात्र एमाले महासचिब शंकर पोखरेलले पनी रास्वपा र लामीछानेको आलोचना गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आरोप नया, #राजनीतिमा नया
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्