दश महिना पुग्दा पनि कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित, सभापति र महामन्त्रीको आरोप–प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसभित्र आन्तरिक संघर्ष चुलिदो छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सवाल जवाफमा ब्यस्त छन । सभापति देउवाको कार्यशैलीविरुद्ध महामन्त्री थापाले सार्वजनिकरुपमै असन्तुष्टि पोखिरहेका छन् । सभापति देउवाले पनि सार्वजनिक मञ्चबाटै जवाफ फर्काउने गरेका छन ।
गत शुक्रबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले पार्टी नेतृत्वमा रहेका केही व्यक्तिले गरेका गल्तीको भारी आफूहरूले बोक्न नसक्ने बताएका थिए । त्यसको भोलिपल्टै ललितपुरमा सभापति देउवाले पनि पार्टीमा नेतृत्वलाई गाली गरेर मात्रै केही नहुने जवाफ दिए । प्रतिनिधि सभाको सबैभन्दा ठुलो र सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसमा पछिल्लो समय शिर्ष नेताहरू बिचको सवाल जवाफ र घोचपेचले तिब्रता पाएको हो ।
१० महिना यता कांग्रेसको केन्द्रिय सहितको बैठक बसेको छैन । महाधिवेशन भएको डेढ वर्षसम्म पनि कांग्रेसको केन्द्रीय समिति अपुरो छ । भ्रातृसंस्थाहरू निष्क्रिय छन् भने महाधिवेशनको छ महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग र समितिहरू अहिलेसम्म गठन भएका छैनन् । हजारौं कार्यकर्ताले पार्टीमा जिम्मेवारी नपाएको गुनासो गरिरहेका बेला सभापति देउवाले भने कार्यकर्तालाई भूमिका दिन आलटाल गरेको गुनासो कार्यकर्ता पङ्तीमा छ ।
कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो । तर पार्टिका निर्णय प्रक्रियामा भने अझै पनि पार्टीको सभापति नै हाबी हुने गरेका छन । जसबाट गगन थापा मात्र होईन अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनी असन्तुष्ट छन । पार्टीमा एकलौटी भईरहेको भन्दै गगन र बिश्वले संयुक्त रुपमा पार्टी सभापति देउवामाथी दबाब बनाउन थालेका छन । कांग्रेसकै नेताहरूको एउटा समुह भने पार्टीभित्र रुपान्तरणको खाँचो रहेको भन्दै अभियान लिएर देश दौडाहा गरिरहेको छ ।
केन्द्रीय सदस्य मधु आचार्य, नेताहरू गुरुराज घिमिरे, जगदीश्वरनरसिंह केसी, भूपेन्द्रजंग शाहीलगायत नेताले नेतृत्व गरेको अभियानले सातै प्रदेशमा कार्यकर्ता भेला र प्रशिक्षण गरिरहेको छ । देशको ठुलो र पुरानो लोकतान्त्रिक पार्टीको बैठक समेत बस्न नसक्नुको कारण भने सभापति देउवा रहेको इतर पक्षको आरोप छ । बैठक बस्न नसकेकै कारण पार्टीका नेताहरु एकअर्कामाथि सार्वजनिक कार्यक्रममा दोषारोपणमा व्यस्त बनेका हुन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केन्द्रीय समिति बैठक, #नेपाली कांग्रेस, #प्रतिनिधिसभा
तपाईको कमेन्ट लेख्नुहोस्