मेयर बालेनले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिहिबार आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो ।
भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो, एक कर्मचारीले भने त्यही भएर स्वतन्त्र मेयर भएका कारण उहाँले टिट फर ट्याट गर्न कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने भन्नुभएको हो ।
यस्तै नेपालको नक्सा पनि पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनःस्थापना गरिएको बताइएको छ । मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमै छन् । भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो। उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो ।
उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको भन्दै चौतर्फी बिरोध भइरहेको छ । प्रधानमन्त्रीलाई सांसदहरूले भारतीय संसदमा राखिएको अखण्ड भारत को भित्तेचित्र हटाउन भारतलाई आग्रह गर्नुपर्ने भन्दै कुरा उठाइरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौं महानगरपालिका, #ग्रेटर नेपाल, #मेयरको कार्यकक्ष
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्