Techie IT
  • २१ असार २०८२, शनिबार
KhojPatrika

कीर्तिपुरमा लेखापालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम


काठमाडौं । कीर्तिपुर नगरपालिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा वर्तमान सन्दर्भमा लेखापालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

जेठ २२ र २३ गते दुई दिन नगरपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा नगरपालिका क्षेत्रभित्र रहेका ६६ वटा सहकारी संस्थाका ६६ जना प्रतिनिधिहरूको सहभागिता रहेको सहकारी बैंकको कीर्तिपुर शाखाका प्रमुख समीर मानन्धर जानकारी दिए ।

तालिममा लेखाको परिचय, अवधारण र उद्देश्य, सहकारी खाताहरूको परिचय र हिसाब , गोश्वारा भौचर लगायतको खातामा प्रविष्टि, भौचर समायोजन र स्थिति, संस्थामा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको भूमिका लगायतको विषयमा बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बराल र कीर्तिपुर नगरपालिकाको सहकारी बिभागका प्रमुख सुजिन्द्र महर्जनले सहजीकरण गरेका थिए ।


क्याटेगोरी : अर्थ, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं