कीर्तिपुरमा लेखापालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम
काठमाडौं । कीर्तिपुर नगरपालिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा वर्तमान सन्दर्भमा लेखापालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
जेठ २२ र २३ गते दुई दिन नगरपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा नगरपालिका क्षेत्रभित्र रहेका ६६ वटा सहकारी संस्थाका ६६ जना प्रतिनिधिहरूको सहभागिता रहेको सहकारी बैंकको कीर्तिपुर शाखाका प्रमुख समीर मानन्धर जानकारी दिए ।
तालिममा लेखाको परिचय, अवधारण र उद्देश्य, सहकारी खाताहरूको परिचय र हिसाब , गोश्वारा भौचर लगायतको खातामा प्रविष्टि, भौचर समायोजन र स्थिति, संस्थामा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको भूमिका लगायतको विषयमा बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बराल र कीर्तिपुर नगरपालिकाको सहकारी बिभागका प्रमुख सुजिन्द्र महर्जनले सहजीकरण गरेका थिए ।
क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्