एमालेमा जान बामदेव गौतम तयार, केपी शर्मा ओली र बामदेव गौतमको फेरि पुर्नमिलन !
काठमाडौं । नेकपा एमालेले ७० बर्षे उमेरहद हटाएपछि अध्यक्ष केपी शर्मा ओलीसँगै बामदेव गौतम पनि खुशी देखिएका छन् । एमालेमा रहँदा ७० बर्षे उमेरहद हटाउनुपर्ने पटक–पटक माग राखेका गौतम एमालेको निर्णय बाहिरिएसँगै गदगद भएका छन् । एमालेमा बोलाए फर्किने बताएका गौतमलाई सदस्यता एमालेमै रहेको भन्दै उनीलाई स्वागत गर्ने संकेत गरेका छन् ।
जेठ १९ गते नै एमालेले नेतालाई ७० बर्षे उमेरहद नलाग्ने निर्णय गरेको थियो । सो निर्णय बाहिर आउन पनि ४ दिन लाग्यो । मंगलबार एमालेमा ७० बर्षे उमेरहद हटाएको समाचार बाहिरिएपछि पार्टी छोडेका नेता समेत फर्कीन आतुर देखिएका छन् । राष्ट्रिय सभाका सांसद् वामदेव गौतमलाई संसद्बाहिर बुधबार एमालेका सूर्य थापालगायत सांसदहरुले एमालेमा फर्किन लगातार अनुरोध गरे ।
एमाले नेताहरुले एमालेमा हटाइएको ७० वर्षे उमेरहद बामदेवकै लागि भएको भन्दै उनीसँग संसद्बाहिर हाँसोठट्टा पनि गरेका थिए । जवाफमा बामदेव गोतमले पनि आफू एमालेमा आउन तयार रहेको बताए । उनको एउटै मात्र शर्त छ केपी ओलीले भन्नुपर्यो । एमालेले उमेरहद हटाएको मुकुन्द न्यौपानेका लागि मात्रै भएको बताएका गौतमलाई फेरि सांसदहरुले भने एक जनाका लागि मात्रै होइन ।
तपाईका लागि पनि नियम निलम्बन भएको हो । यो जवाफ सुनेपछि गौतमले भने ल बोलाउन भन्नुहोस म एमालेमै आउछु । बामदेवको यही अभिव्यक्तिबारे संसद् परिसरमा एमाले अध्यक्ष केपी ओलीको सञ्चारकर्मीहरुसँग भेट भयो र उनीहरुले पनि प्रश्न गरे बामदेव गौतमले आफ्नो पार्टी सदस्यता एमालेमै छ भन्नुभएको छ, उहाँ अब पार्टीमा फर्कनु हुन्छ ? जवाफमा ओलीले एमालेमै सदस्य भएका गौतमलाई भित्र्याउन तयार रहेको जानकारी दिए ।
संसदमा भएको यो संबादले बामदेव र ओलीलाई थप छलफल गर्न मद्धत गरेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिली बनेको नेकपामा भाँडभैलो भएपछि बामदेव गौतम मिलाउन दौडधुप गरिरहेका थिए । तर, दुबै पार्टीको अलग–अलग बाटो भएपछि बामदेव गौतम एकता अभियान भन्दै हिडिरहेका छन् । ७० बर्षे म्याद हटाउनुपर्ने उनको माग एमालेमा सम्बोधन भएपछि उनी एमालेमै भित्रिन तम्तयार देखिएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #७० बर्षे उमेरहद, #केपी शर्मा ओली, #बामदेव गौतम
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्