संसदमा मिले एमाले, रास्वपा र राप्रपा, राष्ट्रपति र प्रधानमन्त्रीका बिरुद्ध संसद अवरुद्ध !

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको अभिव्यक्तीको विरोध गर्दै एमालेसहितका दलहरुले संसद अवरुद्ध गरेका हुन् । संसदको अवरोध कायमै रहेपछि प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरुले संघीय संसदका दुबै सदनको बैठक अवरुद्ध गरेपछि बैठक नै स्थगित भएको छ । सरकारले संसदमा पेश गरेको बजेटमाथि छलफल गर्न बसेको संघीय संसदका दुबै सदनको बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका हुन् ।
प्रतिनिधि सभाको बैठकमा पनि नागरिकता विधेयक प्रमाणीकरण, पूवसभासद् रेशम चौधरीलाई आममाफी र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध जनाएसँगै संसद अवरुद्ध भएको हो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तत्कालिन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि संसदबाट पठाएकोमा अहिले सोही विधेयक नयाँ संसद बनिसकेपछि संसदमा नल्याइकन विधेयक मरिसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको भन्दै सांसदहरुले विरोध जनाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ संसद भवनमा राखिएको भारतको नक्शामा समावेश गरिएको नेपाली भूमिबारे संसदको रोष्टममा आएर जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने राप्रपाको माग थियो । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु कानूनविपरित रहेको भन्दै तत्काल संसदमा ल्याएर प्रक्रिया अघि बढाउन समेत उनले सरकारसँग माग गरे ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रपतिले प्रमाणीकरण गरेको गरेको नागरिकता विधेयक संशोधन गर्न सरकारसँग माग गरेको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता बिहीनलाई नागरिकता दिन नभइ अन्य कुनै स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरिएको आरोप समेत लगाए ।
प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । दलहरुको विरोधका कारण बजेटमाथिको छलफल समेत प्रभावित भएको छ । गतवर्ष समेत एमालेले बजेट अधिवेशन अवरोध गरेका कारण मुलुक ‘बजेट होलिडे’को अबस्थामा पुगेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अग्नि सापकोटा, #संसद अवरुद्ध !
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्