Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
KhojPatrika

उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा प्रचण्डको पूजाअर्चना, चढाए १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ


काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा पूजाअर्चना गरेका छन् । पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित प्रधानमन्त्री प्रचण्डले उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा पूजाअर्चना गरेका हुन् । पत्नीको स्वास्थ्यलाभको कामना गर्दै प्रचण्डले महाकालेश्वर बाबालाई १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उज्जैनस्थित महाकालेश्वर बाबाको मन्दिरमा विशेष पूजा गरेका छन् ।

मध्य प्रदेशको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड महाकालेश्वर बाबाको दर्शन गर्न शुक्रबार बिहान नयाँ दिल्लीबाट इन्दौर हुँदै उज्जैन पुगेका थिए । उनले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ । विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल पनि उपस्थित थिए । भारतीय अधिकारीहरूका अनुसार मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री प्रचण्डबाट विशेष पूजा गराएका हुन् । महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०० रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।

नेपालमा पशुपति नाथको समेत पुजा नगरेका प्रचण्डले भारतमा पुगेर महाकालेश्वर बाबाको पुजा अर्चना गरेको विषयले अहिले चर्चा पाईरहेको छ । कट्टर भौतिकवादीको रुपमा राजनीतिमा उदाएका प्रचण्डको अहिले फेरीएको आध्यात्मिक अबतारलाई बिभिन्न दृष्टिकोणबाट हेरीन थालेको छ । महाकालेश्वर बाबाको पुजा गर्न उज्जैन जानुअघि बिहिबार भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्जैनमा प्रचण्डलाई आध्यात्मिक ज्ञान मिल्ने बताएका थिए ।

प्रचण्डले राजनीतिक जीवनको अधिकांस समय अध्यात्म र धर्मलाई घृणा गरेका छन् । अध्यात्म अन्धविश्वास भएको प्रचण्डको बुझाई थियो । अध्यात्ममा आधारित धर्म परम्परा नै नेपालको विकासको बाधक भएको प्रचण्डले बताउदै आएका थिए । तर अहिले प्रचण्ड फेरीएका छन । आफ्नो राजनीतिक जिवनकालमा तेस्रोपटक प्रधानमन्त्री बन्दै गर्दा प्रचण्ड आफैले विरोध गर्दै आएका कुराहरुलाई अनुसरण गर्न थालेका छन ।

तेस्रो कार्यकालका रुपमा देशको नेतृत्व सम्हाल्दै गर्दा प्रचण्डले बालुवाटार सर्ने साइत ज्योतिषबाट जुराए । पण्डितबाट पूजापाठ गराए । त्यतिबेलाबाटै अध्यात्मीक बन्दै आएका प्रचण्डले भारत भ्रमणका क्रममा पनी आफ्नो अध्यात्मिक रुपलाई सबै सामु छर्लङ्ग बनाए । कुनै समय कार्लमाक्स, लेनिन र माओको सिद्धान्तमा टेकेर मठमन्दिर भत्काउदै हिडेका प्रचण्ड अहिले आध्यात्मिक बन्न थालेको उनकै पार्टीका नेताहरु बताउछन ।

प्रचण्डले उज्जैन पुगेर महाकालेश्वर बाबाको पुजा अर्चना गर्नुलाई कतिपयले मोदीसँगको सम्बन्धसँग जोडेका छन । हिन्दु धर्मका कट्टर अनुयायी मोदीलाई खुशी बनाउन प्रचण्डले उज्जैन पुगेर महाकालेश्वर बाबाको मन्दिरमा पुजा गरेको हुनसक्ने विश्लेषण गर्नेहरुको जमात ठुलो छ । भारतमा आगामी वर्ष चुनाव हुन लागेको र धर्मलाई अफिमजस्तै ठान्ने बिचारधारको नेतृत्व गरेका प्रधानमन्त्री दाहाललाई महाकालेश्वर बाबाको मन्दिरमा पु¥याएको जस समेत भारतीय प्रधानमन्त्री मोदीले लिन खोजेको देखिएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१०० रुद्राक्ष र ५१ हजार, #प्रचण्डले उज्जैन, #महाकालेश्वर बाबा मन्दिर

तपाईको कमेन्ट लेख्नुहोस्