महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट ३५ लाख लुटपाट

काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको हो ।
हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेका हुन । पेस्तोलसहित आएका चारजना लुटेराले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैया लुटेर भागेको प्रहरीले जनाएको छ ।
लुटेराहरू पेस्तोल बोकेर बैंकभित्र छिरेका सीसी क्यामरामा देखिन्छ । मुख छोपेका लुटेराहरूको गतिविधि सीसी क्यामेरामा कैद भएको छ । लुटपाटपछि बैंक बन्द गरिएको छ । अहिले बैंक आसपास भिड बढेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एनएमबि बैंक, #रकम लुटपाट
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्