सर्बोच्च अदालतको फैसलालाई लत्याउदै रेशम चौधरी रिहा !
काठमाडौं । टिकापुर घटनाको योजनाकारको अभियोगमा जेलमा रहेका रेशम चौधरी रिहा भएका छन् । सरकारले चौधरीलाई माफी दिने निर्णय गरेपछि उनी गणतन्त्र दिवसको अवसर पारेर रिहा भएका हुन् । रिहा भएपछि सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर सार्वजनिक कार्यक्रममा सहभागी भएका चौधरीले टीकापुर घटनाका पीडितहरुले न्याय पाउनुपर्ने बताएका छन् ।
टिकापुर घटनाका दोषीका रुपमा आजिवन कारावास भोगीरहेका रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि सोमबार रिहा भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएपछि जेलमुक्त बनेका चौधरी सोमबारै गृहजिल्ला कैलाली पुगेका छन् । रिहा भएपछि चौधरीलाई उनका समर्थकले स्वागत गरे ।
केन्द्रीय कारागार डिल्लीबजारमा रहेका चौधरीलाई स्वागत गर्न उनका सर्मथकहरु विहानैबाट हालमा फुलमाला र खादा लिएर बसेका थिए । पन्चेवाजा र थारु पोषाकमा कुरिरहेका उनिहरुले रेशमको भव्य स्वागत गरेका थिए । टिकापुर घटनामा रेशम चौधरीको कुनै हात नभएको उनका समर्थकले दाबी गर्दै आएका छन् ।
टिकापुर घटनाको दोषी नभएको व्यक्तिलाई दोषी बनाएर राखिएको भएपनि सरकारले आममाफी दिएर न्याय दिएको समर्थकहरुको भनाई छ । २०७४ सालदेखि हिरासतमा रहेका चौधरी रिहा भएपछि उनलाई लिन भुमिसुभार मन्त्री समेत रहेकी श्रीमती रञ्जीता श्रेष्ठ आएकी थिईन । गाडीमा हात हल्लाउदै मन्त्री क्वाटर पुगेका चौधरी लगत्तै समर्थकसँगै माईतीघर पुगेका थिए ।
समर्थकमाझ उनले टिकापुर घटनामा मारिएका प्रहरीका परिवारले न्याय पाउनुपर्ने र त्यसका लागी आफुले सघाउने समेत बताएका छन् । संविधानको मस्यौदाको विरोधमा शुरु भएको आन्दोलन हिंसात्मक भएपछि २०७२ साल भदौ २ गते कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने, २ वर्षिय बालकसहित ९ जनाको मृत्यु भएको थियो । त्यही घटनाको योजनाकारको अभियोगमा जेल चलान भएका चौधरी २०७४ साल फागुन १५ गतेदेखि हिरासतमा थिए । घटनामा संलग्न रहेको आरोपमा ५८ जनाविरुद्ध अभियोगपत्र दायर भएको भएपनि अहिलेसम्म ३१ जना भने फरार रहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्