राष्ट्रपतिबाट रेशम चौधरीले पाए माफी, सोमबार रिहाई हुने, मृतक प्रहरीकी श्रीमती सर्वोच्चमा
काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका चौधरीको कैद सजाय माफी दिएका हुन । तर रेशमको आममाफीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने असन्तुष्टी व्यक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपति पौडेलले रेशम सहित ७ जना जेष्ठ नागरिक र ४८२ जनाको बाँकी कैद सजाय पनी माफी गरेका छन ।
संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने सरकारको निर्णयमा असन्तुष्ट छ । एमाले सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताए । सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले आममाफी दिन लागेको भन्दै बर्तौलाले आक्रोश समेत व्यक्त गरे ।
यता रेशम चौधरीलाई आम माफी दिने निर्णय विरुद्ध टिकापुरमा मारिएका मृतक प्रहरीकी श्रीमतीले सर्वौच्चमा रिट दिएकी छिन् । उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट दिएकी हुन । यस्तै पूर्वप्रहरी कर्मचारी परिषद नेपालले पनी टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी नगर्न वा नगराउन सरकारलाई आग्रह गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चौधरीले पाए माफी, #रेशम चौधरी
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्