वाग्मती प्रदेश सरकारले घटाएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयनमा आएन
काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । तर, यातायात ब्यबसायीले भने कार्र्यान्वयन गरेका छैनन । वागमती प्रदेश अन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । तर, यात्रुहरुले भने पुरानै भाडा तिर्नुपरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि घटाइएको हो । तर, घटेको भाडादर लागु भने हुन सकेको छैन । भाडा घटेको सुचना प्रदेश राजपत्रमा प्रकाशित समेत भईसकेको छ । तर, कागजमा भाडा घटेपनी यात्रुहरुले भने पुरानै दरमा भाडा तिर्नुपरेको छ ।
यसअघि यातायात व्यवस्था विभागले अन्तरप्रदेश संचालन हुने यात्रुवाहक सवारी साधनको भाडादर पनी घटाएको थियो । तर, अन्तर प्रदेश यात्रा गर्ने यात्रुहरुले पनी पुरानै भाडामा यात्रा गर्नु परेको गुनासो गरेका छन । यातायात ब्यबसायीहरुले भने सेवा सुबिधा अनुसार भाडा लिने गरेको बताएका छन ।
यात्रुको सुविधालाई मध्यनजर गदै नर्मल, डिलक्स तथा एसि बसमा छुट्टाछुट्टै भाडादर कायम गरिएको व्यावसायी बताउछन् । यसरी सरकारले भाडा घटाएको भएपनि व्यवसायीले भने आफ्नो मनोमानि छाडेका छैनन् । सुविधायुक्त बस सेवा दिने भन्दै व्यावसायीहरुले यात्रुमार्फत मोटो रकम असुल गरिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #वाग्मती प्रदेश, #सार्वजनिक यातायात
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्