नागरिकता विवाद संसदमा झिकेपछि जंगिए रवि लामिछाने !
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा विचाराधिन विषयलाई संसदमा उठाएको भन्दै काँगेस सांसद अजय चौरसियाको बिरोध गरेका छन् ।
बुधवार प्रतिनिधि सभाको दोस्रो बैठकमा काँग्रेस सांसद चौरशियाले लामिछानेको नागरिकतासम्बन्धि विवादबारे बोलेका हुन । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरे ।
अदालतमा विचाराधिन विषयलाई संसदमा उठाउन नपाउने भएकाले त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्ने सभापति लामिछानेले भनाई थियो । सो प्रकरणको सम्पूर्ण कागजपत्र आफूले सर्वोच्च अदालत र सरकार दुवैलाई उपलब्ध गराएको पनि दाबी गरे ।
अदालतमा विचाराधिन विषयलाई हल्लाको भरमा संसदमा नबोल्न पनि सांसद चौरसियालाई सचेत गराएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले त्यस विषयमा थप कुरा नगर्न सांसद चौरसियालाई सचेत गराएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रवि लामिछाने, #संसदमा उठाएको
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्