पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ताः शरणार्थी प्रकरणमा ओली, देउवा र प्रचण्ड नाइके भएको दाबी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो धारणा सार्वजनिक गरेका छन् । सोमबार धनगढि पुगेर शाहले सोझा साझा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठग्ने कुरा गलत रहेको बताएका हुन् । नेपाल प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जनालाई मुद्धा चलाउन सिफारिस गरेपछि शाहको धारणा सार्वजनिक भएको हो ।
सडक देखि सदनमा राजाआउ देश बचाउ भन्ने नारा गुञ्जीरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता ह्वात्तै बढेको छ । पूर्वराजा ज्ञानेन्द्रले राजगद्दी त्यागेको भण्डै १५ बर्षपछि सक्रिय राजनीतिमा आउन लागेको हल्ला समेत बेलाबेला चल्ने गरेको छ । २०६५ सालमा गणतन्त्र स्थापना भएदेखि २०७८ मंसिर ४ को आम चुनावसम्म मौन देखिएका ज्ञानेन्द्र त्यसयता सक्रिय रुपमा जनताको वीचमा जाने र समसामयीक विषयमा धारणा सार्वजनिक गर्ने गरेका छन् । जसले उनी सक्रिय राजनीतिमा आउन लागेको कुरा प्रष्टै छ ।
एकपछि अर्काे जनताको मुद्धामा आवाज थपिरहेका पूर्वराजा ज्ञानेन्द्रशाहले अहिलेको चर्चित विषय शरणार्थी प्रकरणमा धारणा सार्वजनिक गरेका छन् । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढि पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहले नक्कली भुटानी शरणार्थी प्रकरणले सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने प्रपञ्च भएको बताए ।
धनगढिको नागरिक अभिनन्दनमा सम्बोधन गर्दै पूर्वराजा शाहले उच्च तहका नेताहरूको यस्तो हर्कतले देशको इज्जत र गौरव लोप भएको बताए । त्यसो त पूर्वराजाज्ञानेन्द्र शाह देश भित्र र बाहिरका धार्मिक स्थलमा पुगेर जनताको वीचमा एकताको सन्देश दिन खोजिरहेका छन् । केहि समय अघि इटहरीस्थित बुढीगंगा घाट र मुक्तिनाथधाम मन्दिर पुगेर पूवी नेपालको भ्रमण शुभारम्भ गरेका शाहले फागुन ७ को प्रजातन्त्र दिवशको अघिल्लो दिन फागुन ६ मा मुलुक जोगाउन राजनीतिक दल र राजसंस्था मिल्नुको विकल्प नरहेको भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेका थिए ।
जसले समेत नेपालका राजनीतिकर्मीको निन्द्रा हराम गरिदिएको थियो । धनगढिका जनतालाई सम्बोधन गर्दै शाहले शरणार्थी प्रकरणले नेपालको अस्तित्व माथि नै संकट उत्पन्न गरेको भन्दै नेताहरुले नेपालको विरता र स्वभिमान खल्बल्याउने काम गरेको दावी गरे । जुन अभिब्यक्तिले समेत उनी सक्रिय राजनीतिमा आउनसक्ने आँकलनलाई बल पुगेको छ । पछिल्लो समय सक्रिय बनेका पूर्वराजा ज्ञानेन्द्र शाह भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल फर्किएका थिए ।
जहाँ उनले उत्तर प्रदेशमा हुँदा त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए । जुन भ्रमणलाई महत्वका साथ हेरिएको छ । लखनऊ जानुअघि उनको नेपालगञ्जमा नागरिक अभिनन्दन भएको थियो । राजनीतिक रुपमा सक्रिय भएका पूर्वराजा ज्ञानेन्द्र शाह जनता मन जित्न समसामयीक विषयमा समेत केन्द्रित हुन थालेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ज्ञानेन्द्र शाह, #टोपबहादुर रायमाझी, #नक्कली भुटानी शरणार्थी, #पूर्वगृहमन्त्री बालकृष्ण खाण
तपाईको कमेन्ट लेख्नुहोस्